कर्णबहादुर रोकाया, हुम्ला, २ माघ । केपी शर्मा ओलीले चालेको असंवैधानिक संसद विघटनले नेपालमा ल्याएको राजनीतिक अस्थिरतालाई स्थीर बनाउनका लागि नेकपा हुम्ला प्रचण्ड माधव पक्षले सिमकोट गाउँ कमिटीस्तरीय कार्यकर्ता
प्रशिक्षण कार्यक्रम शुरु गरेको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा सयौं कार्यकर्ताको उपस्थितिका प्रशिक्षण कार्यक्रममा गाउँदेखि केन्द्रस्तरका जिम्मेवार नेताहरुले तत्कालको परिस्थितिको बारेमा कार्यकर्ताहरुलाई जानकारी गराएको जानकारी नेकपा प्रचण्ड माधव पक्षका गाउँ कमिटीका सचिव पर्वत सुनारले जानकारी दिनुभएको छ ।
पछिल्लो समय ओलीले निम्त्याएको राजनीतिक अस्थिरतालाई सडक, सदन र अदालतबाट संसद पुर्नःस्थापना गर्न गराउनका लागि अत्यावश्यक दबाबमुलक कार्यक्रम गाउँ गाउँ र टोल टोलमा गरिने भएको छ ।
यसैको तयारीका लागि यो कार्यकर्ता प्रशिक्षण तथा भेला गरिएको नेकपा प्रचण्ड माधव पक्ष हुम्ला स्रोतले जानकारी दिएको छ ।
आज माघ २ गते हुम्ला जिल्लाको सातै गाउँपालिकामा प्रशिक्षण तथा कार्यकर्ता भेला गरिएको छ । यसबाट थप अन्य कार्यक्रम पनि सार्वजनिक हुने भएको छ ।