पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगितामा रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा – Samacharpati Samacharpati पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगितामा रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगितामा रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगितामा रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगितामा रत्न, प्रिन्स, प्रफुल र दिपेश अन्तिम चारमा

काठमान्डाैँ, २ माघ । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ्ग, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपिएफका दिपेश धामीले योनेक्स सनराईज १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्याङ्किङ्ग प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् ।

शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाईनल खेलमा रत्नले भोजपुरका बिकास श्रेष्ठलाई २१ /१८, २१/१८ को समान अन्तरले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका छन् । अव रत्नले फाईनल प्रवेशका लागि सिल्क ग्रुपका प्रिन्स संग प्रतिस्पर्धा गर्नेछन् ।

प्रिन्सले आर्मीका नविन श्रेष्ठलाई २१ /११, २१/१७ ले पन्छाउँदै सेमिमा स्थान बनाएका हुन् । यस्तै आर्मीका प्रफुलले एपिएफका गौतम कठायतलाई ९/२१, २१/१६, २१/१३ले पराजित गर्दै सेमिफाईनलमा एपिएफका दिपेश धामी संगको भेट पक्का गरेका हुन् । दिपेशले आर्मीका रुकेश महर्जनलाई २१/१३, २१/९ ले पराजित गरेका छन् ।

राष्ट्रिय ब्याडमिन्टन संघ र गोलबजार नगरपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला उच्च १२ तर्फ भोजपुरकी नङ्गशलदेवी तामाङ्ग एपिएफकी शोभा गौचनलाई २१/ ६, २१/१५ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएकी हुन् । उनले अव सेमिफाईनलमा जेशिका गुरुङ्गको सामना गर्नेछिन् ।

एपिएफकी जेशिकाले आफ्नै क्लबकी सुनयना मुखियालाई २१/९, २१/१७ ले पन्छाईन् । यस्तै आर्मीकी रशिला महर्जनले बिराट ब्याडमिन्टन क्लबकी सिमा राजबंशीलाई २१/१७, २१/७ ले पराजित गर्दै आर्मीकै अमिता गिरी संगको भेट पक्का गरिन् । गिरीले आर्मीकै अनुमाया राईलाई २१/१६, २१/९ ले पराजित गरिन् ।

गोलबजारस्थित नवनिर्मित कभर्डहलमा भएको उच्च १६ बाहेकको पुरुष एकल प्रतिस्पर्धामा सेनाका पविन लिनथेप भोजपुरका बिशाल तामाङ्गलाई २१/१३, २१/१५ ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरे । यस्तै अन्तिम आठ प्रवेश गर्नेक्रममा सेनाका डेभिड थापामगरले पुलिसका पुर्णबहादुर थापालाई २१/१३, २२/२०, कैलालीका देवराज रानाले पाँचथरका एशिया जबेगुलाई २१/११, २३/२१ले, कञ्चनपुरका बिवेक चौधरीले सेनाका गोकुल जोरालाई २१/१४, २०/२२, २१/१४ले, सेनाका सन्तोष पनेरुले बाँकेका शिव थापालाई २१/१५, ११/२१, २१/७ले, एपिएफका ईन्द्रबहादुर महताले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठलाई २१/१७, २१/८ले, सेनाका दिवश शंकरले सोलुखुम्बुका पेम्बा शेर्पालाई २१/१५, २१/१२ले तथा सेनाका आयुष्मान नागरीले एपिएफका निरञ्जन देवकोटालाई २१/१६, २१/१५ ले पराजित गरेका छन् ।

महिला तर्फ खोटङ्गकी रेनुका राई, बाँकेकी समिक्षा न्यौपाने, बिराट ब्याडमिन्टन क्लबका रोज पाण्डे र कञ्चनपुरकी अस्मीता सुनारले पनि अन्तिम ८ मा स्थान बनाउन सफल भएका छन् ।

रेनुकाले पाल्पाकी सुष्मा बुद्धलाई २१/१४, २१/१४, समिक्षाले कञ्चनपुरकी बिणा बिष्टलाई २१/१८, २१/१९ले, रोजले एपिएफकी निकिता लामालाई २१/१०, २१/५ले तथा अस्मीताले पाल्पाकी जानुका कनौजलाई २२/२०, २१/१८ ले पराजित गरेका छन् ।

यस्तै झपाकी अंजना राईले कैलालीकी प्रियान्सी बमलाई २१/१४, २१/७ले, एपिएफकी प्रेक्षा राईले कैलालीकी ऐलिना तिरवालाई २१/१५, १५/२१, २११३ले तथा खोटाङ्गकी स्मिता राईले पाल्पाकी दिया शाक्यलाई १८/२१, १८/२१, २१/८ ले पराजित गर्दै क्वाटरफाईनलमा स्थान बनाएका हुन् ।

यस्तै अर्की खेलाडी कैलालीकी प्रार्थना देउवा वाई पाएर सिधै क्वाटरफाईनल प्रवेश गरेको डेपुटी रेफ्रि अनुप शाक्यले जनाएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका