पाेखरा, २ माघ । कास्की पोखरा महानगरपालिका -९ चाईना पुल स्थित MS 48 AJ 2289 नम्बरको ट्रकले ग १७ प ७०६९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडी सवार जिल्ला सप्तरी महादेव गाउँपालिका-९ घर भएका हाल जिल्ला
कास्की पोखरा महानगरपालिका -१२ रानिपौवा बस्ने वर्ष २२ की सुस्मिता शर्मा घाईते भएका छन् ।
घाईते लाई उपचारको लागि गण्डकी मेडिकल कलेज पठाईएको छ । घाईते काे अवस्था सिरियस रहेकाे छ । उक्त स्थानमा तत्कालै प्रहरी टोली खटिई सवारी साधन र चालकलाई नियन्त्रणमा लिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।