हुम्लामा साढे छ करोडको कागुनो खेती, खाना मात्र हैन औषधी पनि – Samacharpati Samacharpati हुम्लामा साढे छ करोडको कागुनो खेती, खाना मात्र हैन औषधी पनि – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • हुम्लामा साढे छ करोडको कागुनो खेती, खाना मात्र हैन औषधी पनि

हुम्लामा साढे छ करोडको कागुनो खेती, खाना मात्र हैन औषधी पनि

हुम्लामा साढे छ करोडको कागुनो खेती, खाना मात्र हैन औषधी पनि

कर्णबहादुर रोकाया,  हुम्ला, २ माघ । हुम्ला कृषि जैविक विविधताको पनि एक संग्राहलय पनि हो । यहाँ पाक्ने र फल्ने अन्नबालीमा पनि कागुनो एक प्रमुख र घुसुवा बाली पनि हो । यसलाई हुम्लामा खानपानका लागि मात्रै नभएर औषधीका रुपमा पनि प्रयोग गर्ने गरेका छन् ।

यहाँ तीन प्रकारका कागुनो हुन्छ । त्यसमध्ये कालो कागुनो उत्तम र दुर्लभ पनि छ । कृषि विकास कार्यालय हुम्लाले अद्यावधिक गरेको पछिल्लो आँकडा अनुसार हुम्लाको ७८ हेक्टर क्षेत्रफलमा कागुनो खेती गरिएको जानकारी प्रकाशमा आएको छ ।

यो क्षेत्रफलबाट हुम्लामा ८१ मेट्कि टन कागुनो उत्पादन भएको छ । विशेषतः हुम्लामा हुने पहेँलो, रातो र कालो कागुनो हुने गरेको छ ।

औषधी र खानपानका लागि हो भने कालो कागुनोको खेती गर्ने गरिन्छ । ठाउँ र अवस्था हेरेर चैत्रदेखि वैशाख
महिनाभित्र कालो कागुनो छुर्नपर्छ । यो विभिन्न प्रकारका रोगव्याधी र पोषणका लागि प्रयोग गरिन्छ ।

पहेँलो र रातो कागुनो वैशाखदेखि असारसम्म खेतबारीका घुसुवा बाली र जग्गा खाली नराख्नका लागि छर्ने गरिएको चंखेली गाउँपालिकाका वडा नं २ का स्थानीयबासी भीमबहादुर बुढाको अनुभव रहेको छ ।

हुम्लामा कालो कागुनोको भातलाई भर्खर सुत्केरी भएकी आमाहरुलाई खुवाउनुका साथै विभिन्न प्रकारका रोग र कुपोषणले थला परेका मानिस तथा दुधालु पशुवस्तुका लागि पनि औषधीका रुपमा प्रयोग गर्ने गरिएको छ ।

यसको प्रयोगबाट कुपोषण, आऊँ, हैजा, शीतज्वरो, पखाला, पेट दुखेको, औलो जस्त विभिन्न प्रकारका रोगको उपचारका लागि एकल तथा अन्य जडिबुटी र गोरससँग मिसाएर खुवाउने गरिन्छ । हुम्ला कागुनो प्रति केजी ७५ देखि सय रुपैँयासम्म पर्ने गरेको छ ।

सालाखाला प्रति केजी ८० रुपैँयाका दरले हिसाव गर्दा हुम्लामा प्रति क्वीन्टल ८ हजारका दरले करी साढे ६ करोड बराबरको कागुनो उत्पादन भएको अनुमान कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धमेन्द्र अधिकारीले जानकारी दिनुभएको छ ।

हुम्लामा उत्पादन हुने करोडौं मुल्यका जैविक अन्न एकातिर बजारको अभाव र अर्कोतिर अन्न धेरै बेचविखन गर्दा बीउ सरेर अर्को वर्ष उत्पादन कम हुने अन्धविश्वासका कारण घरेलु कामकाजमै खर्च हुने गरेको छ । यसबारे स्थानीय नागरिकलाई सचेतना जगाउन सकेमा हुम्लीहरुले रैथाने अन्नबालीबाट राम्रो आम्दानी लिन सक्ने सम्भावना धेरै रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका