कर्णबहादुर रोकाया, हुम्ला, २ माघ । आर्थिक वर्ष २०७६र०७७ मा संघीयस्तरका विभिन्न कार्यायहरूबाट विभिन्न शिर्षकमा ६ करोड राजस्व संकलन गर्न सफल भएको छ ।
२०७६र०७७मा हुम्लामा स्थापित भएका कार्यालयहरूमा सबभन्दा कम जिल्ला निर्वाचन कार्यालय हुम्लाले दुई हजार मात्र राजस्व संकलन गरेको छ । सबभन्दा धेरै कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्लाले ५ करोड ४२ लाख ३० हजार ४८८ रुपैयाँ पैंसा संकलन गर्न सफल भएको छ ।
यसै गरी हुम्लामा रहेका १३ संघीयस्तरका कार्यालयहरूले विभिन्न प्रकारका शिर्षकहरूमा राजस्व संकलन गर्न सफल भएका छन् । यसरी हुम्लाबाट आर्थिक वर्ष २०७६र०७७ मा ५ करोड ९८ लाख ९२ हजार २ सय ३८ रुपैयाँ पैँसा २० रहेको जानकारी कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।
जिल्लामा कर संकलन गर्ने कार्यालयहरूमा अध्यागमन कार्यालय, कोष तथा लेखा नियन्त्रण कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला हुलाक कार्यालय, नयाँ भैरबी दल गुल्म, नापी कार्यालय, परियोजना कार्यान्वयन इकाई स्याउ जोन, यारी नाका भन्सार कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र हिल्छा सिमकोट सडक योजना रहेको गरी १३ संघीयस्तरका कार्यालयहरूबाट राजस्व संकलन भएको छ ।
कोरोनाका कारण अझै धेरै उठ्नु पर्नेमा केही असर परे पनि यो लक्ष्य अघिल्लो आर्थिक वर्ष भन्दा सन्तोषजनक नै मानिएको छ । यसैले यो आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्ष भन्दा १० /४१ प्रतिशत धेरै राजस्व संकलन भएको हो ।