मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु – Samacharpati Samacharpati मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु – Samacharpati
Samacharpati
बिहिबार, फाल्गुन १३, २०७७
  • होमपेज
  • मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु

मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु

मेरी स्टोप्स् नेपाल द्वारा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु

काठमान्डाैँ, १ माघ । परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न हेल्पलाइन नम्बर ११४३ सुचारु भएको जानकारी दिन पाउँदा सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाललाई खुशीको महशुस भएको छ ।

काठमाडौं स् परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा प्रदान गर्न सुनौलो परिवार नेपाल मेरी स्टोप्स् नेपालले एक छोटो कोड तथा निःशुल्क हेल्पलाइन नम्बर “११४३” सुचारु गरेको छ ।

परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना तथा सेवा पाउनका लागि तपाई केबल यी चार अंकको दूरीमा हुनुहुन्छ ।

सुनौलो परिवार नेपालरमेरी स्टोप्स् नेपालले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सेवाहरू प्रदान गर्दै आएको छ । यस्ता सेवाहरूले संयोगले नभई रोजाईले बच्चा जन्माउने अवसर प्रदान गर्दै आएको छ ।

हाम्रो ११४३ हेल्पलाइन नम्बरले परिवार नियोजन र सुरक्षित गर्भपतन सम्बन्धी सूचना प्रदान गर्छ भने महिलाहरूलाई आफ्नो रोजाईमा प्रजनन् सम्बन्धि निर्णय लिन सहयोग गर्दछ ।

सुनौलो परिवार नेपाल र मेरी स्टोप्स् नेपाल यौन तथा प्रजनन् स्वास्थ्य सेवा प्रदान गर्ने संगठनहरूको विश्वव्यापी साझेदारीका रुपमा रहेको र सन् १९७६ मा स्थापित मेरी स्टोप्स् इन्टरनेसनलको नेपालका लागि समर्पित संस्था हो ।

११४३ ले “म तिमीलाई प्रेम गर्छु” भन्ने बुझाउँछ । यसले प्रियजनहरू प्रति रहेको तपाईंको माया र प्रेमको प्रतिनिधित्व गर्दछ भने आफ्नो प्रियजनहरूको रोजाई प्रतिको तपाईको साथलाई पनि जनाउँछ ।

११४३ मा तपाईले हाम्रो मेरी साथी काउन्सेलरहरूसँग कुरा गर्न सक्नुहुन्छ र वहाँहरूले तपाईलाई प्रजनन् सम्बन्धि रोजाईका बारेमा मार्गनिर्देशन दिनुहुनेछ । हाम्रो “मेरी साथी” ले सन् २०११ देखि परामर्श सेवाहरू प्रदान गर्दै आएको छ । यी सेवाहरू हरेक दिन बिहान ७ बजे देखि राती १२ बजे सम्म खुला रहनेछ ।

मेरी स्टोप्स नेपालको बारेमा

सुनौलो परिवार नेपाल सन् १९९४ मा स्थापना भएको गैर सरकारी संस्था हो । सुनौलो परिवार नेपालले मेरी स्टोप्स् नेपालको साझेदार संस्थाको रुपमा विभिन्न कार्यक्रमहरू संचालन गर्दछ । यस संस्थाले नेपालका युवा र वयस्कका यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धित विभिन्न आवश्यकताहरू पूरा गर्न विस्तृत रुपमा सेवाहरू प्रदान गर्दछ ।

ईच्छा विपरीत हुने जन्महरू रोक्नका लागि सुनौलो परिवार नेपालले सुलभ मूल्यमा गुणस्तरीय सेवाहरूको पहुँच बढाउँदै आएको छ । साथ साथै यस संस्थाले यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि सचेतना र बुझाई बढाउन विभिन्न कार्यक्रमहरू संचालन गर्दै आएको छ ।

सुनौलो परिवार नेपालले पैरवीमा आधारित कार्यक्रमहरू अघि सार्र्दै खास गरी सीमान्तकृत तथा पहूँचमा नभएका जनसंख्याका साथै सन्पूर्ण व्यक्तिहरूलाई यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धि मौलिक अधिकार प्रयोग गर्न सहयोग गर्दछ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका