पाेखरा, २९ पुस । पोखरा महानगरपालिका वडा नं ०९ पृथ्वीचोक पोखरा महल भित्रबाट ५ वर्षकी नाबालिकालाई ललाई फकाई कानमा लगाएको सुनको मुन्द्रा चोरी गर्ने एलिसा गुरुङलाई प्रहरीले पक्राउ गरेकाे छ ।
पोखरा महानगरपालिका वडा नं ७ घारीपाटन बस्ने रमिला पौडेलको छोरी ५ वर्षिय छाेरीलाइ पोखरा महानगरपालिका वडा नं.११ फुलवारी की एलिसा गुरुङले ललाई फकाई गरी एकान्त स्थानमा लगेर मुन्द्रा फुकाली भागेकी थिइन् ।
नाबालिका सुनको मुन्द्रा फुकाली चोरी गरी भागेको भन्ने सुचना प्रहरीले पाएपछि पिडितहरुले दिएको हुलियाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका ४ पालिखेचोकबाट एलिसा गुरुङ लाई पक्राउ गरेकाे हाे ।
सोही घटनाको अनुसन्धानको क्रममा पोखरा महानगरपालिका वडा नं ११ रानिपौवामा सुनपसल सञ्चालन गरी बस्ने बर्ष ३० को बिजय सुनारलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
दाेषीलाई अदालतबाट दिन सात म्याद थप गरी चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भईहेको छ ।