निर्वाचन आयोगकाे सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • निर्वाचन आयोगकाे सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा

निर्वाचन आयोगकाे सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा

निर्वाचन आयोगकाे सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा

काठमाडौं, २९ पुस । निर्वाचन आयोगको कानून महाशाखा प्रमूख समेत रहेका सहसचिव लक्ष्मी प्रसाद गौतमको सरुवा भएको छ ।

कार्यभार सम्हालेको १० महिनामै गौतमको सरुवा भएकाले आयोगको नियतमाथि प्रश्न उठाइएको छ । उहाँको ठाउँमा गृह मन्त्रालयका कानुन सहसचिव पुष्कर सापकोटालाई नियुक्ति गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाले सहसचिव गौतमको सरुवा गरेको हो ।

पछिल्लो समय नेकपा विवादको मुद्धा हेरिरहेका गौतमलाई बालुवाटारबाट पटक पटक पार्टीको नाम र चुनाव चिन्ह्र ओली समूहलाई दिनुपर्ने धम्की आइरहँदा पनि गौतमले राजनीतिक दलसम्बन्धी ऐनका आधारमा मात्र काम गर्न सक्ने भन्दै आएका कारण उहाँलाई सरुवा गरिएको आयोगका एक कर्मचारीले जानकारी दिनुभएकाे छ ।

 

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका