जब निश्चललाई प्रेमिकाले छोडेर गइन त्यसपछी… (भिडियो सहित) – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • जब निश्चललाई प्रेमिकाले छोडेर गइन त्यसपछी… (भिडियो सहित)

जब निश्चललाई प्रेमिकाले छोडेर गइन त्यसपछी… (भिडियो सहित)

जब निश्चललाई प्रेमिकाले छोडेर गइन त्यसपछी… (भिडियो सहित)

पछिल्लो क्रममा एक पछि अर्को उत्कृष्ट गीत बजारमा ल्याउदै आएका निश्चल दवाडीले यसपाली पनि अर्को मौलिक गीत “स्विटर उनिको” आफ्नै अधिकारीक युट्युब च्यानल मार्फत बजारमा सार्बजनिक गरेका छन् । गीतको शब्द तथा लय सिर्जन निश्चल दवाडी स्वयमको रहेको छ भने आवाजमा निश्चल दवाडी संगै निशा सुनारलाई पाउन सकिन्छ ।

गीतमा माया प्रेममा बिछोडिएपछि एक अर्कालाई सम्झिएर बोलेका भावहरु र टाढा हुनिको पनि कति याद आउने हो भन्दै गुनासो पोखिएको छ । सुरज लामिछानेको संगीत संयोजन रहेको गीतको रेकर्डिङ्ग मालश्री स्टुडियो र डिजिटल स्टार रेकर्डिङ्ग स्टुडियोमा भएको हो ।

समिर रामदामको छायांकन रहेको उक्त गीतको निर्देशन पनि निश्चल दवाडीले नै गरेका हुन् । भिडियोमा अभिनय तर्फ रामबाबु सेवान, निशा सुनार दिपक काले लगायतलाई देख्न सकिन्छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका