काठमाडौँ, २९ पुस । नेपाली बजारमा बुधबार सुनको मुल्य बढेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज एक सय रुपैयाँले बढेर तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तैगरी आज तेजावी सुन तोलामा ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको जनाइएको छ । त्यस्तै मंगलबार तोलामा १२५० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज १२६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।