काँग्रेस सभापति देउवा पर्वत जादै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • काँग्रेस सभापति देउवा पर्वत जादै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने

काँग्रेस सभापति देउवा पर्वत जादै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने

काँग्रेस सभापति देउवा पर्वत जादै, शहिद हरिदत्त स्मृति भवन उद्घाटन गर्ने

पोखरा, २८ पुस । शहिद हरिदत्त तिवारीको १८ औं स्मृति दिवसमा उनको स्मृतिमा निर्माण गरिएको भवन उद्घाटन गरिने भएको छ ।उनको स्मृतिमा शहिद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको हो । भवन माघ १ गते उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

भवन उद्घाटन नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । कार्यक्रममा पार्टीका नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरु सहभागी हुने छन् । कार्यक्रमको तयारी तिव्र पारिएको प्रतिष्ठानका मुख्य संरक्षक, काँग्रेस महासमिति सदस्य एवं केन्द्रीय संगठन विभाग सदस्य गंगाधर तिवारीले जानकारी दिए । उनले कार्यक्रमलाई सफल बनाउन सबैलाई आग्रह गरे ।

कार्यक्रमलाई व्यवस्थित बनाउन विभिन्न समिति र उपसमितिहरु गठन गरिएको छ । ०६० साल माघ १ गते शशस्त्र माओवादी समूहले नेपाली काँग्रेस पर्वत क्षेत्र नं २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्तको हत्या गरेको थियो ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका