च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु

च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु

च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम सुरु
फाइल फाेटाे ।

पोखरा, २८ पुस । महिला सिप बिकास संस्था तथा सि.ई.सि.आई को संयुक्त आयेजनामा च्याउ खेती तथा अर्गानिक मल उत्पादन सम्बन्धि दुई दिवसीय तालिम मंगलबारबाट सुरु भएको छ ।
करिब ४० जना महिलाहरुको सहभागी रहेको सो तालिमको उद्घाटन पोखरा महानगरपालिकाका उपमेयर मञ्जु देवि गुरुङले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै गुरुङले कोरोनाको कारणले उत्पादन र रोजगारीमा पुगेको क्षतीलाई यस तालिमले केही भएकपनि राहत प्रदान गर्ने बताउनुभयो । उहाँले यस्ता तालिमहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै तालिम पश्चात् व्यक्तिगत जिवनमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।

उहाँले महिला दिदिबहिनीहरुले कुनै पनि घरायसी समस्या भएको खण्डमा महानगरपालिकामा सम्पर्क गर्न अनुरोध गर्नुभयो । सोही कार्यक्रममा बोल्दै महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले संस्थाको गतिविधि, कोरोनाले निम्त्याएका समस्या, बेरोजगारी, हस्तकला उत्पादन र बजारीकरणको समस्या बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त तालिमको बारेमा टि–हेल्पका प्रशिक्षक डा.आनन्द शोभा ताम्रकारले आफ्ना भनाई राख्नुभएको थियो ।

दुई दिवसीय तालिम पोखरा ८ र २७ मा दुई चरणमा ४० ४० गरी ८० जना महिला दिदीबहिनीहरुलाई प्रदान गरिने लक्ष्य रहेको छ । महिला सिप बिकास संस्थाका कार्यकारी निर्देशक रामकली खड्काको अध्यक्षतामा भएको सो कार्यक्रमको संचालन विष्णु प्रसाद बरालले गर्नुभएको तालिम थियो ।

ट्रेन्डिङ

सम्बन्धित खवर

धेरै कमेन्ट गरिएका