गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०१९ पुग्याे – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०१९ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०१९ पुग्याे

गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०१९ पुग्याे

पाेखरा, २८ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १५०१९ पुगेकाे छ । क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परिक्षणमा १० जना संक्रमित थपिएका छन् ।

थपिने संक्रमित लमजुङका १ जना, कास्कीका पाेखरा महानगरपालिकाका ९ जना गरि १० जना रहेका छन् । सबै संक्रमित कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा ९ जना काेराेना संक्रमित थपिएका छन् । थपिने संक्रमित पाेखरा महानगरपालिकाका ७ जना, तनहुँका २ जना गरि ९ जना रहेका छन् ।

सबै संक्रमित लाइफ केयर एण्ड डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका हुन् ।

थपिने संक्रमित सबैलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका