पाेखरा, २८ पुस । जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिकाकी १८ वर्षिय ममता गुरुङ् जंगलमा मृत अवस्थामा फेला परेकी छन् ।
ममता हिजाे दिउसाे कोही कसैलाई नसोधी घरबाट हिडेकी थिइन् । कसैलाई नसोधी हिडेकी ममतालाइ परिवारले खोजतलास गर्ने क्रममा आज दिउसाे माछापुच्छ्रे गाउँपालिका स्थित न्यास्रेको जंगलमा मृत अवस्थामा भेटिएकी हुन् ।
ममतालाई मृत अवस्थामा उनकै दाजुले देखेका हुन् ममतालाई भेटेपछि प्रहरीलाई उनकै दाजुले खबर गरेका थिए । खबर पाए पश्चात उक्त स्थानमा प्रहरी टाेलि खटिइ घटनाका विषयमा थप अनुसन्धान गरिरहेकाे छ ।