कोरोना संक्रमित सिटिजन्स् बैंकका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • कोरोना संक्रमित सिटिजन्स् बैंकका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार

कोरोना संक्रमित सिटिजन्स् बैंकका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार

कोरोना संक्रमित सिटिजन्स् बैंकका कर्मचारीलाई हेलिकप्टरबाट उद्धार

कर्णबहादुर रोकाया, हुम्ला, २८ पुस । सिटिजन्स् बैंक सिमकोट शाखामा कार्यरत कोरोना संक्रमित एक जना कर्मचारीलाई हुम्लामा उपचार हुन नसकेपछि हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

केही दिन अघि चेकजाँचको क्रममा उक्त बैंकका एक जना पुरुष र एक जना महिलालाई कोरोनो पोजेटिभ देखिएको थियो । महिला कर्मचारीका अवस्था सामान्य भए पनि पुरुष कर्मचारीलाई हुम्लामा उपचार गर्न समस्या देखिएकाले सिटिजन्स् बैंक काठमाडौंले हेलिकप्टरबाट उपचारका लागि काठमाण्डौं पठाएको सिमकोट शाखाका प्रबन्धक  लामाले बताउनुभएकाे छ ।

हुम्लाबाट हेलिकप्टर मार्फत् कोरोनाका कारण उद्धार गरी काठमाण्डौं पठाएका उहाँ तेस्रो बिरामी हुनुहुन्छ । यस अघि याल्वांगबाट प्रति उद्धार उडान दश दश लाख रकम खर्च गरिए पनि यो उद्धार उडान भने सिटिजन्स् बैंकको केन्द्रीय कार्यालयले खर्च गरेको हो ।

सिटिजन्स् बैंकका कर्मचारीकालाई काठमाण्डौंको मेडिसिटी अस्पतालमा उचार भइरहेको बिरामीका पारिवारिक स्रोतले जानकारी दिएको छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका