पोखरा, २८ पुस । गैह्रापाटन स्थित नेलम्बो नेपालले शिक्षा स्वास्थ्य र वातावरणको क्षेत्रमा विगत ३ वर्ष देखि काम गर्दै आइरहेको छ ।
हाल विश्वप्यापी रुपमा फैलिएको कोभिड–१९ को विषम् परिस्थितिमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरी कोभिड–१९ रोग व्यवस्थापन तथा नियन्त्रणमा ठूलो टेवा पुर्याउँदै आइरहेको नेलम्बो नेपालले पछिल्लो समयमा विद्यालयहरु भौतिक रुपामा नै सञ्चालन भई रहेको अवस्थामा स्वास्थ्य सुरक्षाका सामग्रीहरुले हस्तान्तरण गरि विद्यालय सञ्चालनमा सहजता प्रदान गरेको छ ।
एक कार्यक्रमका बीच नेलम्बो नेपालले रुपा गाउँपालिका भित्र रहेका २९ वटा सामुदायिक विद्यालयलाई माक्स, सेनिटाईजर, फेससिल्ड, थर्मल गन, हात धुने साबुन, स्प्रे बोतल, केएन९५ माक्स सचेतनाको ब्रोसर लगाएतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले गाउँपालिका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गर्नु भएको हो ।
उक्त कार्यक्रमको सभापतित्व गाउँपालिका अध्यक्षले गर्नु भएको थियो, भने स्वागत मन्तव्य रुपाज्योति मा.वि का प्रधानाध्यापक श्री मनिराम कँडेलले गर्नु भएको थियो । उहाँले आगन्तुग सवै अतिथिलाई स्वागत गर्दै सहयोगी संस्था प्रति धन्यवाद दिनुभयो ।
सामग्री हस्तान्तरण पश्चात् मन्तव्य व्यक्त गर्दै नेलम्बो नेपालका अध्यक्ष देवकोटाले कोभिड १९ को मारमा विद्यालयहरु बढी मात्रामा परेको र पछिल्लो समय विद्यालयहरु भौतिक रुपामा सञ्चालन भएपछि कास्की जिल्लाका अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको बताउनु भयो ।
उहाँले यस वर्ष देखि नेलम्बो नेपालको नियमित कार्यक्रमहरु कास्की जिल्लालाई नै कार्यक्षेत्र विस्तार गरेको हुदाँ भावि कार्यक्रममा पनि रुपा सँग सहकार्य गरी परियोजना सञ्चालन गर्न सकिने बताउनु भयो । विद्यालयमा हस्तान्तरण गरिएका सामग्रीको सही सदुपयोग गरि स्वास्थ्य सुरक्षाका मापदण्डहरु अपनाई विद्यालय सञ्चालन गर्न आग्रह गर्नु भयो ।
सामग्री ग्रहण गर्दै अध्यक्ष ओझाले नेलम्बो नेपालले समय र परिस्थितिलाई मध्यनजर राखि स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएको प्रति हार्दिक धन्यवाद व्यक्त गर्नु भयो । उहाँले अहिले रुपामा सवै सामाजिक संस्थाहरुलाई स्विकृति नदिई प्रत्यक्ष लाभाम्वीत हुने कार्य गर्ने संघ संस्थालाई मात्र आफ्नो पालिकामा प्रवेश गराउँने र नेलम्बो नेपालले राम्रा कार्यको प्रस्तावना पेश गरेको र आज त्यसको प्रत्यक्ष प्रभावकारी कार्य गरेको हुदाँ सहकार्य गरेको बताउनु भयो । भावी दिनमा नेलम्बो सँग कार्यगत एकता गरि सहकार्यमा नै काम गर्ने बताउनु भयो ।
नेलम्बो नेपालले रुपा गाउँपालिका कार्यालयलाई र २९ वटा विद्यालयलाई गरी कुल रु २,२६,७६१ रुपैया वरावरका स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले बताउनु भयो, भने वितरण गरिएका सामग्रीको प्रयोग गर्ने तरिका हेल्थप्रमोसन अफिसर निर्मला देवकोटा र रिर्सच अफिसर समिका बस्नेतले गर्नु भएको थियो । सो कार्यक्रम रुपा गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्दिप पौडेलले सञ्चालन गर्नु भएको थियो ।