सिटीजन्स् बैंक सिमकोटका कर्मचारीलाई कोरोना देखिदाँ शाखा शिल – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • सिटीजन्स् बैंक सिमकोटका कर्मचारीलाई कोरोना देखिदाँ शाखा शिल

सिटीजन्स् बैंक सिमकोटका कर्मचारीलाई कोरोना देखिदाँ शाखा शिल

सिटीजन्स् बैंक सिमकोटका कर्मचारीलाई कोरोना  देखिदाँ शाखा शिल

कर्णबहादुर रोकाया, हुम्ला, २६ पुस । सिमकोटमा स्थापित सिटीजन्स् बैंक इन्टरनेशनल बैंक सिमकोट शाखाका दुई जना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि दुई दिनका लागि शाखा कार्यालय बन्द गरिएको छ ।

सिमकोट शाखामा कार्यरत दुई कर्मचारीलाई कोभिड–१९ संक्रमण देखिएपछि बैक शिल गरिएको छ । यसबाट सर्वसाधारणलाई पर्न जाने असुविधाप्रति शाखा कार्यालय चिन्तीत रहेको शाखा प्रमुख केर्साङ लामाले जानकारी दिनुभएको छ ।
यसैले अहिले तत्कालका लागि आइतबार र सोमबार दुई दिन शिल गरिएको छ । अवस्था हेरेर थप समायावधि बढ्न सक्ने अवस्था रहेको छ ।

जिल्ला अस्पताल हुम्लामा गरिएको एन्टीजिन विधिबाट परिक्षण गरेपछि पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त कार्यालयका प्रमुख सरिता बोहराले बताउनुभएको छ ।

हाल एक जना पुरुष र एक जना महिला कर्मचारीलाई कोरोनो पोजेटिभ देखिएको छ । यसमध्ये पुरुष कर्मचारीको अवस्था गम्भिर भएकाले हेलीकप्टरबाट उद्धारका लागि जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा प्रयास भइरहेकोछ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका