गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए १८ काेराेना संक्रमित – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए १८ काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए १८ काेराेना संक्रमित

गण्डकी प्रदेशका ३ जिल्लाबाट थपिए १८ काेराेना संक्रमित

पाेखरा, २६ पुस । गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १४९६० पुगेकाे छ । पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखरामा गरिएकाे परिक्षणमा ६ जना काेराेना संक्रमित थपिएका छन् ।

थपिने संक्रमित कास्की पाेखरा महानगरपालिकाका ६ जना रहेका छन् । सबै काेराेना संक्रमित पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पाेखराकाे फिभर किल्नीकबाट पहिचान भएका हुन् ।

लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षणमा गण्डकी प्रदेशमा १२ जना काेराेना संक्रमित थपिएका छन् । थपिने काेराेना संक्रमित कास्की पाेखरा महानगरपालिकाका ८ जना, तनहुँका २ जना, स्याङजाका १ जना, म्याग्दीका १ जना गरि १२ जना रहेका छन् ।

सबै संक्रमित  लाइफ केयर डायग्नाेस्टिक प्रा लि पाेखरामा गरिएकाे परिक्षण मार्फत पहिचान भएका भएका हुन् ।

सबै संक्रमितलाइ आइसाेलेसनमा व्यवस्थापन गर्ने तयारी भएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका