लोकतन्त्रको आबरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा – Samacharpati Samacharpati लोकतन्त्रको आबरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा – Samacharpati
Samacharpati
आइतवार, फाल्गुन १६, २०७७
  • होमपेज
  • लोकतन्त्रको आबरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा

लोकतन्त्रको आबरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा

लोकतन्त्रको आबरणमा लुटतन्त्र,सर्बसत्ताबाद र कुशासन : कमल थापा

दमौली, २५ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १४ बर्ष अघि नयाँ नेपाल निर्माणको नाममा राजसंस्था र हिन्दुराष्ट्र समाप्त गरियो र देशले धान्न नसक्ने संरचना कायम गरेका कारण अहिले लोकतन्त्रको आवरणमा लुटतन्त्र,कुशासन र सर्वसत्तावाद कायम भएको बताउनुभएकाे छ ।

चुनाब चिन्ह र झण्डा अनावरण कार्यक्रमलाई आज दमौलिमा सम्बोधन गर्दै थापाले धर्मनिरपेक्षताको आडमा सनातन धर्म संस्कृति माथि आक्रमण भैरहेको भन्दै आपत्ती प्रकट गर्नुभयाे ।

थापाले देश अभिभावक विहिन भएको , बिदेशीको चलखेल बढेको, भ्रष्टाचार र कुशासन हावि भएको भन्दै यो संकटबाट मुक्तिको लागि ताजा जनादेशमा जानु उपयुक्त हुने बिचार ब्यक्त गर्नुभयाे । सम्वर्द्धनवादको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्नको निमित्त राप्रपालाई बलियो बनाउनु पर्नेमा जोड दिदै उहाँले पार्टीलाई राष्ट्रवादी र प्रजातान्त्रिक शक्ति बनाउने अभियानमा सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयाे ।

वाईडबढी, तेत्तीस क्विन्टल सुन, एनसेल कर ,बालुवाटार जग्गा प्रकरण जस्ता ब्रम्हलुटको ज्वलन्त नमुना भएको भन्दै थापाले संसद विघटनको घटनाबाट संबिधान र संबैधानिक ब्यबस्था माथी गम्भीर प्रश्न चिन्ह खडा भएको समेत स्पष्ट पार्नुभयाे।

कार्यक्रममा राप्रपा नेतृ दुर्गा श्रेष्ठ ,हेमजङ गुरुङ,राजेन्द्र अधिकारी ,गौमाया श्रेष्ठ , बिनोद घर्ती लगायतले पार्टी र संगठनलाई मजबुत गराउन सकृय हुनुपर्ने आबश्यकता औल्याउनुभयाे । पार्टी एकता पछि राप्रपाको चुनाब चिन्ह हलो कायम गर्ने सहमति भएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका