कर्णबहादुर रोकाया, हुम्ला, २४ पुस । हुम्लामा दुई वर्षदेखि लागु भएको स्याउ जोन कार्यक्रमले आर्थिक वर्ष २०७७र०७८ मा १५ हजार स्याउका बिरुवा वितरण गर्ने भएको छ । यसबाट ५० हेक्टर जमिनमा स्याउको विस्तार हुने भएको छ ।
हिमाली जिल्ला हुम्लामा फलफुल खेतीलाई अझै विकास विस्तार गर्न गराउनका लागि विशेष कार्यक्रम अन्तर्गत स्याउ जोन स्थापना गरिएको हो ।
पतझड फलफुलमा पनि स्याउलाई हुम्लाको एक स्थापित ब्राण्डका रुपमा विकास गर्ने गराउने लक्ष्य भए पनि यो कार्यक्रम स्थानीय उखान अनुसार रुपैँया लिऊ काम नगर भन्ने कुरालाई न्युनीकारण गर्ने आशा गरिएको सिमकोट वडा नं ४ का किसान दत्तबहादुर शाहीको मत रहेको छ ।
गत वर्ष दुई करोडभन्दा धेरै खर्च गरेको र यो वर्ष पनि त्यति नै बजेट खर्च गरिने भएको छ । यसलाई अझै सशक्त र सबल बनाउने उक्त परियोजना प्रमुख पालले बताउनु भएको छ ।
सिमकोट गाउँपालिकाको वडा नं ३ र ४ लाई आधार मानेर विगत दुई वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत स्थापित र सञ्चालित स्या जोन कार्यक्रम हुम्लाले सिमकोट गाउँपालिकाको वडा नं ३ मा २५ हेक्टर र ४ मा २५ हेक्टर गरी ५० हेक्टरमा स्थानीय स्याउका बिरुवा रोपिने जानकारी स्याउ जोन परियोजना हुम्लाका कार्यालय प्रमुख रामसुरत पालले दिनुभएको छ ।
यो आर्थिक वर्षमा वडा नं ३ मा स्याउ ब्लकका लागि २० हेक्टर र थप ५ हेक्टर गरी २५ हेक्टर र वडा नं ४ मा पनि स्याउ ब्लकका लागि २० हेक्टर र थप ५ हेक्टर गरी २५ हेक्टर जग्गामा ५० हेक्टर जग्गामा १५ हजार स्याउका बिरुवा विरतण गरिने भएको छ । यसबाट हिमाली किसानहरुको आय आर्जनमा थप सुधार हुने आशा गरिएकाे छ ।