पोखरा उवा संघको महाधिवेशन आज ,नवलपुर पोखरा सडक निर्माणमा कछुवााको गती,मेलम्चीको पानी वितरणमा आशा – Samacharpati Samacharpati पोखरा उवा संघको महाधिवेशन आज ,नवलपुर पोखरा सडक निर्माणमा कछुवााको गती,मेलम्चीको पानी वितरणमा आशा – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • पोखरा उवा संघको महाधिवेशन आज ,नवलपुर पोखरा सडक निर्माणमा कछुवााको गती,मेलम्चीको पानी वितरणमा आशा

पोखरा उवा संघको महाधिवेशन आज ,नवलपुर पोखरा सडक निर्माणमा कछुवााको गती,मेलम्चीको पानी वितरणमा आशा

पोखरा उवा संघको महाधिवेशन आज ,नवलपुर पोखरा सडक निर्माणमा कछुवााको गती,मेलम्चीको पानी वितरणमा आशा

पोखरा,२४ पुष । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशन शुक्रबार सुरु हुँदैछ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार यो महाधिवेशनले आउँदो २ वर्षको लागि संघको नयाँ नेतृत्व चयन गर्नेछ ।उहाँका अनुसार महाधिवेशनअन्तर्गत निर्वाचन कार्यक्रम शनिबार हुनेछ । जिल्ला प्रशासन कार्यालय कास्कीले विद्युतीय माध्यमबाट स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गर्दै अलग–अलग ठाउँमा मतदान कार्यक्रम गर्न स्वीकृति दिएको छ । महाधिवेशनको पहिलो दिन उद्घाटन सत्र विद्युतीय माध्यमबाटै गरिने छ ।त्यस्तै, चुनावी कार्यक्रम प्रदर्शनी केन्द्र, नयाँबजारमा हुनेछ । निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार शनिबार बिहान १० देखि दिउँसो ४ बजेसम्म मतदाताको प्रत्यक्ष उपस्थितिमै मतदान व्यवस्था मिलाइएको छ । मतगणना भोलिपल्ट आइतबारबाट मात्र सुरु गरिने छ ।

नवलपरासी पूर्व (नवलपुर ) लाई पोखरासँग जोड्ने सडकको काम सुस्त गतिमा हुँदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ।नवलपरासीलाई प्रदेशसँग जोड्ने महत्त्वपूर्ण सडकका रुपमा हेरिएको भए पनि निर्माणको कामले भने गति लिन सकेको छैन् । आफ्नै प्रदेशको बाटो हुँदै पोखरासम्म पुग्ने सडकको रुपमा लिइएको कावासोती(बोझापोखरी हुँदै कोखेटारसम्मको सडक निर्माणको कामले गति लिन नसकेको हो ।कावासोतीको फलफूल चोक ( बोझापोखरी ( कोखेटार हुँदै निर्माणाधीन कालीगण्डकी करिडोरमा यो सडक जोडिन्छ । बुलिङटारमा कालीगण्डकी करिडोरमा जोडिने सडक डेढगाउँबाट तनहूँको भिभाद हुँदै खैरेनिटार निस्किन्छ । यसले नवलपुरलाई गण्डकी प्रदेशको राजधानी पोखरासँग सिधै जोड्ने छ । अहिले यहाँका बासिन्दा चितवन(मुग्लिङ हुँदै वा बुटवल( स्याङ्जा हुँदै पोखरा पुग्नुपर्ने अवस्था छ ।वर्षौंपछि सडक निर्माणको काम थालनी भएको तर, समयमा काम पूरा नहुँदा अहिले हिउँदको समयमा धुलो उडेर हैरान भएको कावासोतीकी पवित्रा सुनारले बताउनुभयो । कावासोती ( बोझापोखरी र बोझापोखरी ( कोखेटार गरेर सडक निर्माणको कामलाई दुई खण्डमा विभाजन गरिएको छ ।पहिलो खण्डमा कावासोतीको फलफूल चोकदेखि १४ किलोमिटर कालोपत्रे र त्यसपछिको ६ किलोमिटर ग्राभेल यस्तै दोश्रो खण्डमा सबै २० किलोमिटर ग्राभेल गर्ने गरेर ठेक्का सम्झौता भएर काम अगाडि बढेको छ । तर, अहिलेसम्म पहिलो खण्डमा २० प्रतिशत र दोश्रो खण्डमा करिब ६० प्रतिशत मात्रै काम भएको छ ।पहिलो खण्डको कावासोती ( फलफूलचोकदेखि गर्नुपर्ने १४ किलोमिटर कालोपत्रेको काम लामो समयसम्म हुन नसक्दा सडकमा बनेको खाल्डाखुल्डीले गाडी दुर्घटनाको जोखिम बढाएको स्थानीय बताउँछन् ।

नेकपाको ओली र प्रचण्ड–नेपाल समूहले आफूलाई आधिकारिक तथा बहुमत समर्थन रहेको दावी गर्न विभिन्न रणनीति अघि सारेको छ ।यसका लागि दुवै समूहले एकअर्का विरुद्धका भण्डाफोर अभियान चलाएका छन् । नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रदेशस्तरमा केन्द्रित विभिन्न भेला तथा छलफल गरिरहेको छ ।प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहनुभएका केपी शर्मा ओलीका विरूद्ध एक महिने आन्दोलनको घोषणा गरिसकेको छ । आन्दोलन अन्तर्गत यो समूहले आज ७७ जिल्लाबाट प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदैछ ।

एक सय चालीस मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणका लागि साढे २३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गतको २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका लागि आयोजनाले तनहुँतर्फ उक्त जग्गा अधिग्रहण गर्न लागेको हो ।टावर पर्ने जग्गा अधिग्रहणका लागि १५ दिने सूचना प्रकाशित गरिएको छ ।

काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउन पुनः परीक्षण गर्ने तयारी भइरहँदा पानी वितरणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी विकास समितिले पानी पुनः परीक्षणको तयारी गरिरहँदा आयोजना कार्यान्वयन निर्देशनालले अधिकांश स्थानमा नयाँ र कतिपय स्थानमा पुरानो पाइपबाट वितरणका लागि तयारी अघि बढाएको हो ।निर्देशनालयको जिम्मेवारी सुन्दरीजलमा पानी झरेपछि उपत्यकामा समानुपातिक वितरण गर्न पूर्वाधार तयार गर्ने भएकाले त्यसैको काम भइरहेको निर्देशनालयका सूचना अधिकारी उज्ज्वल प्रजापतिले बताउनुभयो । उहाँका अनुसार धेरै काम सकिए पनि अहिले बाँकी काम भइरहेको छ । उहाँले भन्नुभयो, “पाइप निर्माण भएका ठाउँमा नयाँ र नभएका स्थानमा पुरानो पाइपबाटै पानी वितरण गर्ने योजना छ ।”पानी वितरणका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण सकिएका ठाउँमा परीक्षण ९टेस्टिङ एण्ड कमिसनिङ० भइरहेको सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो । निर्देशनालयले नयाँ निर्माण भएका पाइपहरुमा चुहावट छ÷छैन भन्ने हेरिरहेको छ । कतिपय सानो क्षेत्रमा ट्याङ्करको पानीबाट परीक्षण भइरहेको छ । ठूलो क्षेत्रमा गर्न बाँकी भएको र त्यहाँ पानी उपत्यकामा खसेपछि परीक्षण हुने उहाँको भनाइ छ । उपत्यकामा मेलम्चीको पानी आएपछि पुरानो पाइपबाट वितरण हुँदा नयाँ पाइपको परीक्षण सँगसँगै अघि बढाइनेछ ।समितिले पहिलो चरणमा मेलम्ची खोलाबाट दैनिक १७ करोड लिटर पानी ल्याउँदैछ । दोस्रो चरणमा याङ्ग्री र लार्केखोलाबाट थप १७र१७ करोड गरी जम्मा ५१ करोड लिटर उपत्यकामा आउनेछ । पहिलो चरणमा आउने दैनिक आउने १७ करोड लिटर पानीको वितरणका लागि पूर्वाधार निर्माण गरिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयले पानी वितरणका लागि आवश्यक पाइपलाइन र नौ स्थानमा ट्याङ्की निर्माण गरिसकेको जनाएको छ । चक्रपथभित्र पाइपलाइन निर्माणका क्रममा भएका स्थानमा पुरानो पाइपबाट पानी वितरण हुने सूचना अधिकारी प्रजापतिले जानकारी दिनुभयो ।

भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले भनेको हो ।राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् । केहि बैंकहरुले शुक्रबार नै सूचना प्रकाशित गरेर भोलि दिउसो बैंक खुला रहने जानकारी गराएका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका