बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति – Samacharpati Samacharpati बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

बिजुली तार सट भई आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति

कर्णबहादुर रोकाया, हुम्ला, २४ पुस । खार्पुनाथ गाउँपालिकाको वडा नं ५ मा पर्ने याँचुमा बिजुलीको लाइन सट हुँदा दुई जनाको घरमा आगलागी हुँदा चार लाखभन्दा धेरैको क्षति भएको छ । स्थानीय, गाउँपालिकाका कर्मचारी तथा प्रहरीको पहलमा मानवीय तथा अन्य क्षति हुन पाएन ।

बिहीबार दिउँसो करीब एक बजेतिर बिजुलीको तार सट भएर आगलागी हुँदा याँचुका तुला सुनार र गोरसिंह सुनारको घर तथा पसलमा आगलागी भएको हो । यसबाट चार लाख २० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय हुम्ला स्रोतले जानकारी दिएको छ ।

पछिल्लो समय जो पायो त्यहीलाई घर तथा पसलमा लगिने बिजुलीको बायरिंगमा गुणस्तरी काम नहुँदा यस्तो समस्या आउने गरेको छ ।

विशेषतः ग्रामीण क्षेत्रतिर यस्ता घटनाहरु घट्ने गरेकाले समयमै यसप्रति सचेत हुन नसके यस्ता घटनाहरु घटी रहेको हिल्दुम लघजलविद्युतका नाम उल्लेख नगर्ने शर्तका एक प्राविधिकले जानकारी दिएका छन् ।

गाउँघरतिर बिजुली जथाभावी बाल्ने, मिटर बक्स नराख्ने, स्वीच अफ नगर्ने जस्ता गतिविधिहरुलाई समयमै सचेत हुनु आवश्यक रहेको छ । नत्र बीसौं, सयौ घर जोडिएका गाउँहरुमा यस्ता घटनाहरु घटेमा नियन्त्रण गर्न गाह्रो हुने र धेरै धनजन क्षति हुने खतरा देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका