पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित – Samacharpati Samacharpati पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित – Samacharpati
Samacharpati
बिहिबार, बैशाख २३, २०७८
  • होमपेज
  • पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित

पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार युवा व्यवसायी सुदिप प्रधानाङ्ग उत्साहित

पाेखरा, २३ पुस । पोखरा उद्योगा वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्र उम्मेदवार बनेका युवा व्यवसायी सुदिप प्रधानाङ्ग यति बेला उत्साहित बन्नुभएकाे छन् ।

कार्यसमिती सदस्य पदका उम्मेदवारमा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहनुभएकाे छ । व्यवसायीहरुले उहाँलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बन्नुभएकाे हाे ।

पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थी गल्ली , पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले सम्म उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफु उत्साहित भएको उहाँले सुनाउनुभयाे ।

तेर्सापट्टीका फर्निचर व्यवसायी श्रीकृष्ण कतिला यो पटकको कार्यसमिती सदस्य पदमा सुदिप प्रधानाङ्गलाई मत दिने पक्षमा हुनुहुन्छ । कार्यसमिती सदस्य पदका लागि भएका ले १० जनामा रोजेर सुदिपलाई नछुटाई मतदान गर्ने मनसाय उहाँले प्रकट गर्नुभयाे ।

युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उहाँको भनाइ रहेको छ । यस्तै बगरमा भेटिएका किराना व्यवसायी जीवन ध्वजु पनि यतिबेला स्वतन्त्र युवा उम्मेदवारलाई मतदान गर्ने पक्षमा हुनुहुन्छ । उहाँले सुदिप प्रधानाङ्गले युवाको प्रतिनिधित्व गरि उम्मेदवारी दिएकाले सुदिपलाई नै मतदान गर्ने बताउनुभयाे ।

यसैगरि पन्थी गल्लीका कपडा व्यवसायी प्रल्हाद कायस्थले पनि सक्षम नेतृत्व सहित युवाहरुको सहभागिता मात्रै पोखरा उद्योग वाणिज्य संघको गरिमा उच्च हुने हुदा सुदिप प्रधानाङ्ग जस्तो युवा व्यवासायीले जित्नुपर्नेमा दुइमत नभएको सुनाउनुभयाे ।

मोहोरिया टोलका सुनचाँदी व्यवसायी रञ्जन बुद्धाचार्यको राय पनि उस्तै छ । बुद्धाचार्य पनि सक्षम नेतृत्व र नयाँ पुस्ताको आगमनले नै व्यावसयिक हकहितलाई ध्यान दिन सक्ने हुँदा सहित नेतृत्व चयन गरि युवा पुस्तालाई कार्यसमिती सदस्यमा सुदिपलाई देख्न चाहेको बताउनुभयाे ।

पुस २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनका लागि यतिबेला व्यवसायीहरु दुइ प्यानलमा निर्वाचनमा होमिएका छन् । स्वतन्त्र उम्मेदबार सुदिप प्रधानाङ्ग कुनै पनि प्यानलमा नलागी घरदैलो गरिरहनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका