कसेरीमा मित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ – Samacharpati Samacharpati कसेरीमा मित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • कसेरीमा मित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ

कसेरीमा मित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ

कसेरीमा मित्र मिलन सहकारीको सेवा केन्द्र शुभारम्भ

पोखरा, २३ पुस । मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाले कसेरीमा सेवा केन्द्र शुभारम्भ गरेको छ । नयाँबजारस्थित प्रधान कार्यालय रहेको सहकारीले आफ्नो पहिलो सेवा केन्द्र बुधबारबाट संचालनमा ल्याएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैन बहादुर अधिकारी क्षेत्रीले सेवा केन्द्रको उद्घाटन गर्नुभयाे । उद्घाटन गर्दै क्षेत्रीले सेवा केन्द्रले कसेरीवासीलाई टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयाे । सहकारी नाफामुखी मात्रै भन्दा पनि स्थानीयहरुको जिवनस्तर उकास्ने कुरामा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।

‘सहकारीले नाफा कति भयो भन्नेमा मात्रै ध्यान राख्ने हैन । यहाँका स्थानीयहरुलाई उद्यमी बनाउन प्रेरीत गर्ने र जिवनस्तर उकास्ने खालका कार्यक्रमहरुमा पनि केन्द्रित हुनुपर्छ’ उनले भने ‘युवाहरुलाई विदेशिन रोक्न, व्यवसाय, स साना उद्योग, कृषीमा अभिप्रेरित गरि बचतको बानी विकास गर्न सहकारीको भूमिका रहनेछ भन्ने विश्वास छ ।’

राष्ट्रिय सहकारी बैंक पोखरा शाखा प्रमुख नरेश पाण्डेले सहकारी र बचतको महत्वबारे बोल्नुभयाे । ‘हामीले सानैदेखि बचतको बानी विकास गर्नुपर्छ । फजुल खर्चहरुलाई घटाएर बचत गर्न सक्यौँ भने भविष्यमा यसको अर्थ ठूलो हुन्छ । बचत गर्ने बानी बसालौँ’उहाँले भन्नुभयाे ।

सहकारीका अध्यक्ष रमण पौडेलले स्थानीयसँगकै साझेदारीमा विभिन्न कार्यक्रमहरु ल्याइने बताउनुभयाे । बचत गर्न प्रेरित गर्दै उहाँले कृषी, व्यवसाय लगायतका क्षेत्रमा सहज ऋण उपलब्ध गराउने बताउनुभयाे ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका