हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग – Samacharpati Samacharpati हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग

हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग

हुम्लामा बीस करोडको कोदो उत्पादन घरेलु कामका लागि प्रयोग

कर्णबहादुर रोकाया, हुम्ला, २२ पुस । हुम्लामा प्रमुख बालीको रुपमा मानिएको कोदो बीस करोडको उत्पादन भएको छ । यो अन्न ८० प्रतिशत घरेलु कामका लागि प्रयोग हुने गरेको छ । यो अन्नलाई ग्रेनथेरापी, विभिन्न प्रकारका खानपान तथा घरेलु मदिराको रुपमा प्रयोग हुने गरेको छ ।

गत आ व मा कृषि विकास कार्यालय हुम्लाको तथ्याक अनुसार कुल क्षेत्रफलको १२९० हेक्टर जमिनमा कोदो उत्पादन भएको छ । यसबाट १४२० मेट्कि टन उत्पादन भएको जानकारी कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धमेन्द्र अधिकारीले दिनुभएको छ ।

संघीयता लागु भएपछि हुम्लाका सात स्थानीय तह निर्धारण भएपछि पछिल्लो समय जानकारीहरु संकलन गर्न गाह्रो भएको विभिन्न सरकारी कार्यालयहरुले गुनासो गर्ने गरेका छन्। यसैले पनि विभिन्न प्रकारका स्थानीय जानकारीहरुमा एक रुपता नहुने देखिएको छ ।

हुम्लामा विभिन्न प्रकारका स्थानीय रैथाने बालीहरुको रहेका छन् । यिनीहरुको के, कस्तो, कहाँ, कसरी, किन जस्ता विभिन्न प्रश्नहरुको खोजी र जानकारी गाउँदेखि केन्द्रसम्म हुन नसकेको स्थानीयस्तरमा कार्यरत सरकारी तथा गैससहरुको मत रहेको छ ।

कोदो हुम्लाको लागि एक खाद्यान्न बाली मात्र नभएर खानपानदेखि विभिन्न प्रकारकाऔषधीको रुपमा प्रयोग हुने गरेको सिमकोट गाउँपालिका वडा नं ४का छिरिंग लामाले बताउनुभएको छ ।

कोदो एक अन्नबाली मात्र नभएर ग्रेनथेरापी पनि हो । यसलाई घरेलु मदिराको मुख्य स्रोत मानिएको छ । हुम्लामा हुने गरेका स्थानीय अन्नबालीहरुको खोजी नीति गर्दा कोदोलाई पनि महत्वपूर्ण अन्नबालीको रुपमा सूचीकरण गर्नु गराउनु आवश्यक रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका