आहा गोल्ड कपबाट ९ लाख बचत , बागलुङको सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिदै जनप्रतिनिधि जुर्रमुराए – Samacharpati Samacharpati आहा गोल्ड कपबाट ९ लाख बचत , बागलुङको सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिदै जनप्रतिनिधि जुर्रमुराए – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • आहा गोल्ड कपबाट ९ लाख बचत , बागलुङको सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिदै जनप्रतिनिधि जुर्रमुराए

आहा गोल्ड कपबाट ९ लाख बचत , बागलुङको सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिदै जनप्रतिनिधि जुर्रमुराए

आहा गोल्ड कपबाट ९ लाख बचत , बागलुङको सहस्रधारालाई साहसिक पर्यटन गन्तव्यका रुपमा विकास गरिदै जनप्रतिनिधि जुर्रमुराए

पोखरा, २२ पुष ।१८ औं संस्करणको आहा रारा गोल्ड कप २०७६ बाट १८ लाख ९७ हजार ६ सय ५७ रुपैयाँ बचत भएको छ ।

गत फागुन २१ देखि चैत १ गतेसम्म पोखरा रंगशालामा संचालन भएको उक्त प्रतियोगिताबाट ८८ लाख १० हजार ३ सय ६६ रुपैयाँ आम्दानी हुँदा उक्त रकम बचत भएको सहारा क्लबले जनाएको छ ।“खेलकूदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकूद पर्यटनको शहरको रुपमा स्थापित गरौ ” भन्ने उद्देश्यसहित आयोजित प्रतियोगिता सम्पन्न गर्न ६९ लाख १२ हजार ७ सय ९ रुपैयाँ खर्च भएको क्लबले बुधबार जारी गरेको प्रेस विज्ञेप्तिमा उल्लेख गरिएको छ । उक्त प्रतियोगिताको प्रवेश शुल्कबाट मात्र २८ लाख ७ हजार ४ सय ७० रुपैयाँ संकलन भएको प्रतियोगिताका आर्थिक संयोजक सुनिल गुरुङले जानकारी दिनुभयो ।त्यसैगरी व्यानर तथा आर्थिक सहयोगबाट १६ लाख ६८ हजार ७ सय ७२, सिजनल टिकटबाट ३६ हजार, बैंक व्याज आम्दनीबाट ४२ हजार १ सय ४५ रुपैयाँ आम्दानी भएको बताइएको छ । मुख्य प्रायोजक आहा रारा तयारी चाउचाउबाट १२ लाख ५१ हजार, गण्डकी प्रदेश सरकारबाट १० लाख, हिमांश एजुकेशन कन्सेल्टेनसीबाट ४ लाख, राखेपबाट ३ लाख ४७ हजार ५ सय २९, गोर्खा ब्रअरीबाट ३ लाख ५० हजार, सहारा क्लब हङकङबाट २ लाख ७ हजार ४ सय ५० रुपैयाँ प्राप्त भएको थियो ।त्यसगरी प्रतियोगितामा खेलाडी दैनिक भ्रमण खर्च वापत २५ लाख ७ हजार १ सय ६८, प्रोत्साहन खर्च १६ लाख १२ हजार, प्रतियोगिता संचालन तथा व्यबस्थापन खर्च ६ लाख ८२ हजार ७ सय ५०, व्यानर कपडा एवं लेखाई खर्च २ लाख ३० हजार, खेल मैदानको लागि जिल्ला खेलकुद विकास समितिलाई ४ लाख, रेफ्रि खर्च १ लाख ९४ हजार, रेफ्रि यातयात खर्च १ लाख २८ हजार ३ सय ९५ लगायतका शीर्षकमा खर्च भएको क्लबका कोषाध्यक्ष राजु लालचनले जानकारी दिनुभयो ।

सह्रधारा झरनालाई साहसिक पर्यटन गन्तब्यका रुपमा विकास हुने भएको छ । गलकोट नगरपालिका ३ हटियामा अवस्थित झरनामा क्यानोनिङको प्रचुर सम्भावान छ । क्यानोनिङ दिगो बनाउन पुर्वाधार निर्माणको कामलाई गति दिइएको छ । पहिले वि सं २०७४ पागुनमा साहसिक खेल क्यानोनिङको सफल परिक्षण गरिएको थियो । असारमा पहिलोपटक ब्यवसायिक रुपमा क्यानोनिङ खेलाईयो । तीन वर्षसम्म मौन रहेका जनप्रतिनिधि स्थानिय अहिले एकाएक जुर्मुराउका छन । पछिल्ला दुई वर्षमा गलकोट नगरपालिकाले रु १२ लाख झरनामा लगानी गरेको छ । उक्त बजेटबाट पदमार्ग, पोखरी, बिश्रामस्थल, बगैँचालगायतका निर्माण संरचना बनाइएको छ । चालू आवमा पनि पूर्वाधार निर्माणका लागि प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत रु १० लाख बजेट छुट्टिएको छ । केही साताअघि झरनाको स्थलगत अवलोकनमा आउनुभएका मन्त्री विकास लम्सालले सहस्रधारा क्यानोनिङका लागि गण्डकी प्रदेशमै उत्कृष्ट गन्तव्य बन्न सक्ने भन्दै प्रदेश सरकारले यथोचित सहयोग गर्ने बताउनुभएको थियो ।नगरपालिका र वडाले पनि पूर्वाधारमा थप लगानी गरिने जनाएका छन् ।पहिले एक्लैदुब्लै जान पनि डर मान्नुपर्ने पहराको खोँचमा अवस्थित झरना अहिले आन्तरिक पर्यटकको रोजाइमा छ । क्यानोनिङका लागि मात्रै नभएर प्राकृतिक सौन्दर्यमा रमाउनेका लागि पनि सहस्रधारा उपयुक्त गन्तव्य मानिन्छ । जङ्गलले घेरिएको अक्करे भिरमुनि छङ्छङ् गर्ने झरनाले त्यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ । ८६ मिटर अग्लो झरना जिल्लामै पहिलोपटक साहसिक खेल छाँगावरोहण ९क्यानोनिङ० का लागि नयाँ गन्तव्यका रुपमा पहिचान गरिएको हो । बागलुङ सदरमुकामदेखि मध्यपहाडी पुष्पलाल लोकमार्गको ४५ किमी यात्रापछि गलकोट आइपुग्छ । गलकोट पुग्दा नजीकको गाईघाट झरना, गलकोट दरबार, मूर्तिकला सङ्ग्रहालय, ऐतिहासिक गलकोट कोतघर आदि घुम्न सकिन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका