काठमाडौँ, २२ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेकाे छ । पछिल्ला दिनमा लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिसँगै पुनः नयाँ उचाइमा पुगेको छ ।
प्रतितोला रु ९६ हजार ४०० मा मङ्गलबार कारोवार भएको छापावाला सुन आज रु ३०० ले वृद्धि भई रु ९६ हजार ७०० मा पुगेको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९५ हजार ९०० मा कारोवार भएकामा आज रु ९६ हजार २०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।
यसैगरी चाँदीमा भने प्रतितोला रु पाँचले उकालो लागेको छ । प्रतितोला रु एक हजार ३३५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३४० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।