हुम्लामा एक अर्बको घाँस बन्दैछ जीउने आस – Samacharpati Samacharpati हुम्लामा एक अर्बको घाँस बन्दैछ जीउने आस – Samacharpati
Samacharpati
सोमवार, फाल्गुन १७, २०७७
  • होमपेज
  • हुम्लामा एक अर्बको घाँस बन्दैछ जीउने आस

हुम्लामा एक अर्बको घाँस बन्दैछ जीउने आस

हुम्लामा एक अर्बको घाँस बन्दैछ जीउने आस

कर्ण बहादुर रोकाया, हुम्ला, २२ पुस । हुम्ला जिल्लाका नौ हजार घरधुरीले यो वर्षको हिउँदमा पशुवस्तहरुका लागि करीब
६ करोड पुला घाँस संकलन गरेका छन् । यो हिसाबले एक पुला घाँसको न्युनतम रकम २० रुपैँयाका हिसाबले लेखाजोखा गर्दा यो वर्ष हुम्ला जिल्लाभरी एक अर्ब २० करोडको घाँस संकलन भएको छ ।

कुनै बेला तिरन बेच्ने र हिरन किन्ने उभो लाग्दैन भन्ने उखान चलेको हुम्लामा अहिले गाउँघर वरपर त्यसै खेर जाने घाँस संकलन पनि राम्रो आम्दानीको स्रोत बन्दै गएको सिमकोटका मनवीरे रोकायाले अनुभव रहेको छ ।

यस्तै प्रकार हुम्लाको सदरमुकाम सिमकोट वरपर घाँस संकलन गरी बेच्ने काम राम्रो आम्दानीको स्रोत बन्ने गरेको छ । सदरमुकाम वरपरका करीब दुई दर्जन गाउँहरुबाट वर्षेनी लाखौं रकम घाँस संकलन गरी गदा, खच्चर र अन्यहरुलाई बेचेर
कमाई हुने गरेको छ ।

हाल हुम्ला जिल्लामा तीन हजार खच्चरहरु रहेका छन् । हुम्लाको सिमकोटमा प्रति पुलाका ५० रुपैयाँमा बिक्री हुन्छ भने गाउँहरुमा १० देखि ३० रुपैयाँसम्म बेच्ने गरिएको पशु अस्पताल तथा पशु सेवा कार्यालय, हुम्ला स्रोतबाट जानकारी प्राप्त
भएको छ ।

जिल्ला पशु सेवा कार्यालयको आँकडा अनुसार हुम्लामा एक लाख ५२ हजारभन्दा धेरै पशुवस्तुहरु रहेका छन् । जबकि हुम्लीहरु दुई सयभन्दा बस्तीहरुमा वर्षा र हिउँदको समयभमा बस्ने गर्दै आएका छन् ।

जिल्लाको अधिंकास भागहरुमा हिउँदको ६ महिनामा दिउँसो वनमा चराउने चलन भए पनि बेलुका केही मात्रामा घरमा घाँस हाल्ने पर्ने भएकाले धेरै मात्रामा घाँस, कुनाउडो, नल, घुरेन र स्याउलाहरु जम्मा गनुपर्छ ।

पशुपालन हुम्ला जिल्लाको एक प्रमुख पेशा भएकोले हुनाले आधारभूत आवश्यकताका धेरै कुराहरु पशुपालनबाट परिपुर्ति हुने भए पनि पशुपालनलाई हुम्लामा अझै परम्परागत पेशाका रुपमा मात्र लिने गरिन्छ ।

जिल्लामा बहुदलसँगै यहाँको मेरुदण्डको रुपमा भएको सीप र गोट क्याराभान अर्थात् भेडाबाख्रा पालनमा आएको रीक्तता केही मात्रामा खच्चर र गदा पालनले लिने प्रयास गरे पनि यो सम्भब हुन सकेको छैन ।

पशुपालनबाट एकातिर खाद्यान्न आपस्र्तिदेखि आय आर्जनको माध्यमसम्म लिने गरिन्छ भने अर्कातिर कृषिका लागि नभई नहुने मल पनि यही पेशाबाट लिने गरिएकोले यो वर्ष मात्र जिल्लाभरीका नौ हजार घरधुरीले छ करोड पुला घाँस संकलन गरेका छन् ।

यसबाट करीब एक अर्ब २० करोड बराबरको घाँस मात्र पशुवस्तुहरुका लागि खर्च भएको छ । विभिन्न प्रकारका रोगव्याधीहरु, घाँसपात, स्याउला, सोतर, कुँडो, दाना, जनशक्तिको हिसाव गर्दा पनि हुम्लामा नयाँ शैली तथा प्रविधिकमा घाँसखेती गर्न सकेमा आम्दानीको नयाँ आयाम हुने छ ।

पछिल्लो केही दशकदेखि जिल्लाभरी तिरन अर्थात् घाँस आम्दानीको राम्रो स्रोत बन्दै गएको छ । यसबाट गाउँघरमा थप आम्दानीको स्रोत बढेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका