पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ – Samacharpati Samacharpati पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ

पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ

पानीबाट सञ्चार गर्ने हुम्लाको स्याँडा गाउँ

कर्णबहादुर रोकाया, हुम्ला, २१ पुस । सञ्चारका विभिन्न याम आयाम, विधि विधान र प्रविधिहरुको प्रयोगले मानव जीवनलाई सरल, सरस र सबल बनाउनमा सहयोग गरेको छ ।

विश्वमा हजारौं प्रकारका सञ्चारका विधिहरुको प्रयोग भएको पाइन्छ तापनि हुम्ला जिल्लाको स्याँडा गाउँमा जहाँ प्रत्येक वर्षको पुसे औंसी अर्थात् भूओ औंसीका दिनमा पानीबाट सञ्चार गरेर गाउँको रेखठेक, थीतिबन्द गर्ने गरिन्छ ।

त्यही दिनमा न्होरा पनि लगाइन्छ । जसलाई स्थानीय भाषामा गाउँको सजीव एफएम भन्न सकिन्छ । न्होराले गाउँका आवश्यक खबरहरु सम्प्रेषण गर्ने काम पनि गर्दछ ।

यसैले परम्परागत रुपमा न्होरालाई गाउँको सञ्चारकर्मी, ग्रामीण पत्रकार र मिडिया पर्सन पनि भन्न सकिन्छ । यस्तै
प्रकारले हुम्लामा परम्परागत रुपमा न्होरा, पार्सी, रैबार, खुट तथा अत्र्तो लगाउने विधि र विधानलाई परम्परागत तथा सांस्कृतिक सञ्चारका विविध रुप मान्न सकिन्छ ।

वातावरण राजनीतिले विश्व थर्कमान भएको समयमा हामीले बाँच र बचाँऊको सिद्धान्तलाई साधन, स्रोत र प्रविधिको प्रयोग, पुःन प्रयोग, समुचित वितरण र सहभागिता, आफु र वरिपरि भूधरातलको स्याहारका लागि हातेमालो गरेर अगाडि बढ्नु पर्छ ।

अहिले न त हिमालका हिउँ छ । न त शहरमा जीउ छ । न छ गाउँघरका बिउ नै । रित्तीन लागेको समाज छ । बिथोलिन लागको समय छ । चिथोरिन लागको श्रम छ । यहाँ अंगुलीमालले हजार औंलाको माला हैन लाखौं करोडौं औंलाको माल लगाउनेहरु छन् ।

फुलामा महाकालले चाँपाको ढलाङ्गको पुजा हैन नरमानवको रगतको बलि खान थालेको छ । र त तातो र रातो रापलाई शितल पार्न हिउँको संरक्षण गर्न आवश्यक छ । हिउँ त सेतो रङको जननी हो । यो शान्तिको आभा हो । निश्छलताको लाभा हो ।

यसले युद्ध, विभिषिका, भय, क्लान्त, क्लेश, क्लमश, विभत्स, विकंगाल र विकराल भावको दमन गरेर परेवाको सन्देश
दिन्छ । यो हो बुद्धको भाषा, यो हो बोनको शब्द, यो हो काङतिसेको अक्षर। हिउँ प्राकृतिक रैबार भएर विश्को चराचर जगतलाई शान्तिको पुष्षाञ्जलीको टसी खादा दिन्छ ।

चाँचरको सुरिलो भाषा बन्छ । कस्तुरीको सुवास बग्छ । निरमसीको पौष्टिकता दिन्छ । जब हिउँद लाग्दछ । तब ठूलाबडाहरुबाट सिलोक, गाउँखानेकथा र विभिन्न अनुभवहरु सुन्न पाइने प्रचलन अब आएर हराउन थालेको छ । यो काम
पुस्तान्तर रुपमा लोप हुन थालेको छ ।

बाबु र छोरा, बाजे र नाति बिचमा यो सम्बन्ध टुट्दैछ । रिक्त स्थानले ठाउँ लिदैंछ । यो उथलपुथलको समयमा मान्छेका दैनिकीहरु प्नि उथलपुथलमै नै उरालिएका छन्, उचालिएका छन् र रुमलिएका छन् । यसैले एक हातमा हलो छ, अर्को हातमा मोबाइल छ ।

काँध र शिरमा भारीको बोझो छ । हातमा एफएम रेडियो छ । एक हातमा कुटो र कोदालो छ । अर्को हातमा ल्यापटप र आइप्याड छ । एका बिहानै पार्सी पठाउन जान्छ र बाटोमा अनलाइनमा बसेर आउँछ ।

कति विरोधाभासपूर्ण छ । यो जिन्दगीको यात्रा, कति सरलबाट जटीलतिर जाँदैछ समय । कति उथलपुथल छ संस्कार । यसैले “जान्नेलाई धुपी, नजान्नेलाई आँसीको बिंड” भन्ने उक्ति जस्तै भएको छ । आकांक्षाहरु धेरै छन् तर परिपूर्ति कम छ ।

यी सबै कुराहरुको एक प्रमुख कारक तत्वका रुपमा जलवायु परिवर्तनको असर र प्रभाव पनि एक हो । हिमालहरुमा हिउँको घर भत्कदैं छ । मौसमी पात्रोमा परिवर्तन आउँदै छ । जीउ नाँसिदै छ । बिउ माँसिदै छ। पल प्रति पल, क्षण प्रति क्षण र छिन छिनमा गर्मीको पारो बढ्दो छ । थर्मोमिटरको पारो चढ्दै छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका