सबै मान्छेको इच्छा भिन्ना भिन्ने हुन्छ । र कामको मामलामा पनि सबैका समान धारणा हुँदैनन् । कोही डाक्टर बन्न चाहन्छन् भने कोही खेती किसानी गरेरै आफूलाई स्थापित गर्न चाहन्छन् । तर सबैको एउटै चाहना हुन्छ आफ्नो काममा कसरी सफल हुने ? भनिन्छ, सफल हुने चाहना सबैको हुन्छ । सफल त्यस्ता व्यक्ति मात्रै हुन्छन् जो सही समयमा उपयुक्त निर्णय गर्न सक्छन् र त्यसलाई कार्यान्वयन गर्छन् । कुनै पनि काममा कसरी सफल हुने त ? यो सामाग्री सफल हुन चाहने व्यक्तिका लागि प्रेरणादायी बन्न सक्छ ।
– आफ्नो कामलाई माया गर्नुहोस् । यसो गर्दा जीवन सुखी र सहज हुन्छ ।
– गरेको काम आफूलाई मन परेको छैन भने पनि त्यो काम गर्नुपर्नाको कारणलाई सम्मान गर्नुस् । यसले उपलब्ध गराउने आर्थिक सहयोगले तपाईंको परिवार धानिरहेको हुन्छ । कम्तीमा परिवारको सुखका लागि भए पनि त्यसमा सन्तोष मान्नुस् । कामविहीन भएर बसिरहनुले मानसिक समस्या निम्त्याउन सक्छ ।
– सानो कामबाट करियर सुरु गर्नुपर्दा नहिचकिचाउनुस् । त्यसलाई ठूलो आफ्नै परिश्रमले ठूलो बनाउने प्रयास गर्नुहोस् ।
– कामको शुरुआत सजिलोबाट गर्नुहोस् । यसो गर्दा विस्तारै गाह्रो काम सिक्ने समय मिल्छ ।
– एउटै कामलाई कहिलेसम्म निरन्तरता दिने र कहिले छोड्ने भन्ने निर्णय गर्नु सबैभन्दा गाह्रो पक्ष हो । यसबारे कसैले तपाईंलाई सिकाउन सक्दैन । त्यसैले, उपयुक्त समय छनोटको जिम्मेवारी तपाईंको आफ्नै हो ।
– कोही एक्लै सफल हुँदैनन् । सहयोग माग्न अप्ठ्यारो नमान्नुहोस् । सहयोग मिल्दा कृतज्ञ हुनुहोस् ।
– सङ्गत सधैं राम्रो मानिसको गर्नुहोस् । राम्रो सङ्गतले काममा पनि राम्रै नतीजा दिन्छ ।
– सबैको क्षमताको सम्मान गर्नुहोस् । यसो गर्दा एकको कमजोरीलाई अर्कोको सबल पक्षमार्फत मिलाउन सकिन्छ ।
– हरेक व्यक्तिको सोचाइ फरक हुन्छ । सृजनशील सोचाइलाई कम्पनीको समग्र फाइदाका लागि प्रयोग गर्न सक्नुपर्छ ।
– कसैलाई पनि इच्छाविपरीतको काम गर्न दबाब दिनु हुँदैन । आफूलाई पनि दबाबमुक्त राख्नुहोस् ।
– तपाईं जति माथि पुगे पनि वा जति सफल भए पनि तपाईंभन्दा माथि सधैं कोही पुगेकै हुनेछ ।
– सफलता सबैको एकनास हुँदैन । कोही तपाईंभन्दा बढी सफल होलान्, कोही कम । सबैलाई सम्मानको दृष्टिले हेर्नुहोस् ।
– सकेसम्म आफूले जानेको, मनले खाने काममा मान्छे आनन्दित हुन्छ ।
– कमजोरीबाट हताश हुने होइन, त्यसमा सुधार ल्याउनुपर्छ ।
– नयाँ कामको थालनी गर्दा स्वाभाविक रूपमा गल्ती हुन्छ । यो यथार्थबाट नटाढिनुहोस् ।
– यथेष्ट स्रोतसाधन (समय, पैसा, जनशक्ति) सधैं जुटिरहन्छ भन्ने छैन । आफूसँग उपलब्ध स्रोतसाधनकै बलमा उत्कृष्ट कार्यसम्पादनको प्रयास गर्नुहोस् ।
– काममा जोखीम हुन्छ नै । तर, राम्ररी सम्झीबुझी जोखीम उठाउनु बुद्धिमानी हुन्छ ।
– कुनै पनि कम्पनी, करीअर वा परियोजनाको थालनी गर्दा शुरुआती अवस्थामा धेरै परिस्थितिलाई सकारात्मक रूपमा लिनुपर्ने हुन्छ । नत्र तपाईं आत्तिएर बीचैमा हताश हुने सम्भावना बढ्छ ।
– काममा नकारात्मक प्रतिक्रिया पनि सुन्नुपर्ने हुन्छ । यो आवश्यक पनि छ । ती प्रतिक्रियाभित्र लुकेका सत्य कुरालाई आत्मसात् गर्दै सुधारको प्रयास गर्नुपर्छ । भित्रभित्रै मन खियाएर बस्नु मूर्खता हो ।
– आफूले कुनै कामप्रति कमेण्ट गर्दा व्यक्तिमाथि आक्षेप हुने गरी प्रस्तुत नहुनुुहोस् ।
– ठूलो कुरा सोच्नुहोस्, ठूलै सपना देख्नुहोस्, तर जीवन सधैं साधारण रोज्नुहोस् ।
– आफ्ना सपनालाई लक्ष्यका रूपमा अघि बढाउनुहोस् ।
– नयाँ काममा अघि बढ्दा ‘हुन्छ’ भन्नेभन्दा ‘हुँदैन’ भन्ने बढी भेटिन्छन् । तर, हरेस कहिल्यै नखानुस्, किनभने निर्णय गर्ने अधिकार तपाईंसँग सुरक्षितै छ ।
– कुनै कुरा सृजना गर्न लाग्ने समयभन्दा त्यसको निर्माणपछिको नतीजाको मूल्यमा ध्यान राख्नुहोस् ।
– सफलताका लागि आफ्ना योजनाबारे भरपर्दा व्यक्तिसँग छलफल गर्नुपर्छ । यसले सहयोगी प्रतिक्रिया प्राप्त गर्न सघाउ मिल्छ ।
– आफ्नो सम्पर्कसञ्जाल वृद्धि गर्नुहोस् । नयाँ मानिस भेट्ने प्रयास गर्नुस् । साथै, पुराना मानिससँगको सम्पर्क पनि नटुटाउनुहोस् ।
– तपाईंको सृजनशीलता केवल उत्पादनमा मात्र केन्द्रित हुनुहुन्न । उत्पादनले ग्राहकको जीवनमा पार्ने सकारात्मक/नकारात्मक असरबारे पनि ध्यान दिनुपर्छ ।
– जीवनमा जतिसुकै सफलता पाए पनि कुनै पनि बेला असफलतासँग तपाईंको सामना हुन सक्छ । यसका लागि आफूलाई मानसिक रूपमा तयार गर्नुपर्दछ ।
– काम गर्दै जाँदा अप्ठ्यारो स्वभावका मानिस पनि भेट हुन्छन् । तिनलाई पनि सम्मान गर्नुहोस्, इमानदार व्यवहार गर्नुहोस् ।
डा. उज्ज्वल पाटनी (बिजनेस कोच, मोटिभेसन लेखक) बाट जानौँ ५ सूूत्र जुुन सफल व्यक्ति लगातार अपनाइरहन्छन्।
उत्साही कार्यहरुका साथ सुुरु गर्छन्
सफल व्यक्ति आफ्नो दिनको सुुरुआत ती उत्साही कार्यहरुका साथ गर्छन् जुुन गर्न सबैभन्दा धेरै आनन्द र सुुखको अनुुभूूति हुुुन्छ। यसले पूरै दिन एक सकारात्मक मुड बन्दछ र बिहानबिहानैको सफलता पाउँदा दिनभर शक्ति बनिरहन्छ। यस्ता कार्य जसमा ऊर्जा व्यर्थ हुुन्छ। जसलाई गर्न समय जान्छ र राम्रो महसुुस हुुँदैन। ती कार्यहरु दोस्रो व्यक्तिलाई सुुम्पन्छन्। हरेक काम आफैँ गर्नुुपर्ने भन्ने उनीहरु सोच्दैनन्। यदि तपाइँ सर्वाधिक ऊर्जाको समय आफ्नो महत्वपूूर्ण कार्यहरु गर्ने आदत बनाउनुुहुुन्छ भने तपाईँको काम पूूरा हुुने प्रतिशत स्वतः बढेर जान्छ।
सफल व्यक्तिका साथ समय बिताउँछन्
हामी जुुन व्यक्तिहरुबाट घेरिएका हुुन्छौं तिनले समेत हामीले सोच्ने र काम गर्ने तरिकामा प्रभाव पारेको हुुन्छ। दिनभरिमा हाम्रो ससाना भेटघाट हुुन्छन्, त्यसैले तय गर्छ कि हाम्रा दिन कुुन दिशामा जानेछ। यदि तपाइँ हरेक दिन केही बढी प्रेरक र शक्तिशाली व्यक्तिसँग भेट्नुुहुुुन्छ भने तपाइँभित्र नयाँ ऊर्जाको सञ्चार हुुन्छ। यदि तपाइँ नकारात्मक व्यक्ति नजदअन्दाज गर्नुुहुुुन्छ भने तपाइँसँग सकारात्मक ऊर्जा रहिरहन्छ। तपाइँँको परिवार, जीवनसाथी र कर्मचारीको सोच्ने तरिका पनि तपाइँको जीवनमा असर पर्छ। जुुन पाँच व्यक्तिका साथ समय बिताउनुुहुुन्छ तपाईँ उनीहरुको औसतमा पर्नुुहुुन्छ। यसै कारण नकारात्मक व्यक्तिबाट टाढै रहनुपर्छ।
सफलताका जश मनाउँछन्
जब तपाइँ कुुनै कामका लागि पुुरस्कृत हुुुनुुहुुुन्छ तब तपाइँ त्यसलाई बारम्बार दोहोर्याइरहनुुुुहुुन्छ। तपाइँ सफलताका लागि स्वयं पुुरस्कृृत गर्नुुहोस् र जश मनाउनुुहोस् तब तपाइँको सफलताको प्रतिशत बढेर जान्छ। तपाइँ ससाना कोशेढुंगाहरु पनि उत्सब मनाउनुुहोस्। तपाइँ केवल ठूूलो गन्तव्यको प्रतीक्षामा वर्तमान नष्ट गर्नुुहुुुन्न। तपाइँ आफूूले आफूूलाई भन्नुुहोस् कि मलाई स्वयंमा गर्व छ। मेरो जन्म केही खास गर्नका लागि भएको हो र म हरेक दिन सर्वश्रेष्ठ तरिकाबाट बिताउँछुु।
असफलतामा माफ गर्छन्
कतिपय व्यक्ति सानो असफलता हुुने बित्तिकै आफैँ धिक्कार्न थाल्छन्। नयाँ प्रयास गर्नुुका साटो असफल किन भएँ, यस्तै सोचेर आफ्नो समय समाप्त गर्छन्। हामी आफ्नो खुबीमा पनि सवालहरु निशाना लगाइरहेका हुुन्छौं। मनमा पनि कैयौं सवालहरु उब्जन्छन् कि हामी योग्य छौं वा छैनौं। हामी अन्जानमा आफूूूले आफैँलाई सजाय दिन थाल्छौँ। याद गर्नुुस् कि झर्नूू नराम्रो होइन तर झरेर पनि झरिरहनुु चाहिँ नराम्रो हो। असफल हुुनुु नराम्रो होइन तर असफल भएर निराश हुुनुु र स्वयंंं समाप्त गर्नु नराम्रो हो। तब आफ्नो असफलताहरुदेखि स्वयं सहानुुभूूूति राख्नुुहोस्। सोच्नुुहोस् कि कोही दोस्रो व्यक्ति यदि असफल हुुँदा तपाइँकहाँ सल्लाह माग्न आउँदा के तपाइँ ऊप्रति कटाक्ष गरेर उसलाई समाप्त गर्नुुुहुुुन्छ वा तपाईँ सम्झाउनुुहुुन्छ। यो केवल एउटा ब्रेक हो।
दृढतासाथ नाई भन्छन्
हरेक व्यक्तिले नाई भनेमा व्यक्ति असफल हुने सबैभन्दा सजिलो मन्त्र हो। यदि तपाइँ हरेक लक्ष्यलाई हो भन्नुुहुुन्छ भने तपाइँ केही पनि हासिल गर्न सक्नुुहुुन्न। यदि तपाइँ हर व्यक्तिलाई हो भन्नुुहुुुन्छ भने तपाइँको दिन यस्ता काममा सकिन्छ। किनकि तपाइँले कहिल्यै योजना नै बनाउनुुभएन। तपाइँले स्वयंका लागि प्रमुुख लक्ष्य चुुन्नुुभएको छ जसको सपना र तपाइँको सपना अलग छन् भने नाई भन्दिनुुस्। यदि कोही तपाइँको दिनचर्यालाई आफ्नो स्वार्थका लागि बदल्ने प्रयास गर्छ भने नगर्नुुस्। कहिलेकाहीँ आफ्नो सबैभन्दा मनपर्ने चीजलाई पनि नाई भन्नपर्छ। मानौँ भोलि बिहान तपाइँको एउटा जरुरी बैठक छ र आज राति एउटा जबरजस्त पार्टी हुुन गइरहेको छ जसमा धेरै रमाइलो हुुनेवाला छ। अब यहाँ चुुुन्नुपर्छ कि बिहानको बैठकमा सर्वश्रेष्ठ तयारीका साथ जाउँ वा रात्री पार्टीको आनन्द उठाउँ। तपाइँको चयन ले नै तपाइँको उपलब्धि तय गर्दछ।