नेकपा विभाजनमा गण्डकी प्रदेशमा कुन मन्त्री कता ? , प्रदेशको बिशेष अधिवेशन आज – Samacharpati
Samacharpati
सोमवार, माघ ५, २०७७
  • होमपेज
  • नेकपा विभाजनमा गण्डकी प्रदेशमा कुन मन्त्री कता ? , प्रदेशको बिशेष अधिवेशन आज

नेकपा विभाजनमा गण्डकी प्रदेशमा कुन मन्त्री कता ? , प्रदेशको बिशेष अधिवेशन आज

नेकपा विभाजनमा गण्डकी प्रदेशमा कुन मन्त्री कता ? , प्रदेशको बिशेष अधिवेशन आज

आजबाट गण्डकी प्रदेश सभाको विशेष अधिवेशन सुरु हुँदैछ ।गत ३० मंसिरमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले कोभिड १९ को उपचार, नियन्त्रण, व्यवस्थापन, मूल्यवृद्धि, बेरोजगारी लगायतका विषयमा सरकारको जवाफ माग्दै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष माग गरेका थिए ।त्यसै अनुसार आज १ बजे विशेष अधिवेशन बोलाइएको हो ।प्रदेश सभाको विशेष अधिवेशनमा सार्वजनिक महत्वको विषय बनाउने कि संकल्प प्रस्ताव पेश गर्ने भन्ने विषयमा सोमबार दलबीच मत बाझिएको थियो ।दलबीच मत बाझिँदा विशेष अधिवेशनको कार्यसूची टुंगो लगाउन नसकी गण्डकी प्रदेशसभा कार्य व्यवस्था परामर्श समितिको सोमबारको बैठक सकिएको थियो ।

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विभाजन भएको छ, यद्यपि निर्वाचन आयोगबाट विभाजनले वैधानिकता पाउन भने बाँकी छ ।केन्द्रबाट शुरू भएको विभाजन जिल्ला, स्थानीय तह तथा गाउँ–गाउँमा दुई चिरा बनेर प्रकट भइसकेको छ । पार्टी केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षधर गरी दुई समूहमा कित्ताकाट भएको छ ।जिल्ला तथा प्रदेश स्तरका केही नेता, कार्यकर्ताहरू स्पष्ट रूपमा खुल्न भने बाँकी रहँदा दुवै पक्षले भने आफ्नो पक्ष बलियो भएको दाबी गर्दछन् । दुवै समूहले आन्तरिक भेला, छलफल, भेटघाटलाई तीव्र पार्दै लगेका छन् । आफ्नो पक्षमा आकर्षित गर्न लागिपरेका छन् । संसद् पुनःस्थापना हुने वा नहुने भन्ने विषय सर्वोच्चमा विचाराधीन नै छ । पार्टी विभाजनको असर गाउँगाउँमा पुगिसकेका बेला गण्डकी प्रदेशमा कसको प्रभाव कस्तो छ एकपटक नियालौं ।प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ओली पक्षका अत्यन्तै विश्वास पात्र मानिन्छन् ।विगतमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत बनेका गुरुङ पार्टी स्थायी कमिटी सदस्य हुन् ।उनैलाई पार्टीको प्रदेश इञ्चार्जको जिम्मेवारी दिइएको छ । प्रदेश सभामा उपस्थिति जनाउने ६० सांसदमध्ये सत्तारुढ नेकपाका मात्रै ४० सांसद छन् । तीमध्ये तत्कालीन एमालेका २८ र माओवादीका १२ सांसद थिए । अहिले ओली समूहले २७ सांसद आफ्नो भागमा पारेको छ भने बाँकी प्रचण्ड–माधव पक्षका छन् । नेपाल पक्षका इन्द्रलाल सापकोटा प्रचण्ड–माधव पक्षतिर गएका छन् । उनी बाग्लुङ जिल्लाका पार्टी अध्यक्ष समेत हुन् । प्रदेश सभामा पूर्व एमालेको माधव नेपाल पक्षबाट उनी एक मात्र सांसद थिए । हाललाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राष्ट्रिय जनमोर्चाले पनि सघाउने वचन दिएको छ ।जनमोर्चाले सघाएका कारण तत्काललाई अविश्वासको प्रस्ताव टरेको छ ।गण्डकी प्रदेशमा २ जना मन्त्री पूर्व माओवादी निकटका छन् । आन्तरिक मामिला तथा योजना मन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा पूर्व माओवादी हुन् । उनीहरू प्रचण्ड–माधव पक्षमै छन् । मुख्यमन्त्रीसहित पर्यटन मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत गरी ४ जना ओली पक्षमा छन् ।(लोकान्तर)

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका