पोखरा, २१ पुस । पोखराको नयाँबजारमा रहेको प्रदेश संग्राहलयले संग्रहालय शैक्षिक कार्यक्रम र सामाग्री संकलन
सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश सरकार गठन संगै गण्डकी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयद्धारा सञ्चालित प्रदेश संग्रहालयको प्रवद्र्धनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
पोखरामा रहेका निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी संग्रहालय शैक्षिक कार्यक्रम र संग्रहालयमा विभिन्न जातजातिका मौलिक संस्कृति झल्कने गरी सामाग्रीहरु संकलन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
सो अवसरमा वोल्दै लुम्बिनी बिकास कोषका वरिष्ठ अधिकृत हरिध्वज राइले प्रदेश संग्रहालयको प्रवद्र्धन र संरक्षणको लागि प्रदेशमा रहेका जातजातिको पहिचान र पौराणिक औजारहरुलाई संग्रहालयमा संकलन गरी प्रदेशको पहिचानको रुपमा
संग्रहालयलाई ब्यवस्थि तगर्नतर्फ लाग्नुपर्नेमा जोड दिनुभयाे ।
संग्रहालय शैक्षिक कार्यक्रमले विद्यार्थीहरुलाई प्रदेशको बारेमा जान्ने बुझ्ने थलोको रुपमा बिकास गरेर अगाडी वढ्नुपर्ने उहाँको भनाइ रहेको थियो । त्यस्तै विद्यालयको प्रतिनिधीत्व गर्दै भोलानाथ पौडेलले संग्रहालय शैक्षिक कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नका लागि प्रदेश भित्रको ऐतिहासिक, सांस्कृतीक, साहित्यिक पक्षहरु झल्कने खालको
सामाग्रीहरु राख्न सकेको खण्डमा विद्यार्थीहरुले संग्रहालयमा आएर धेरै कुरा जान्ने मौका पाउने वताउनुभयाे ।
मौलिक पर्वहरु हराउदै गइरहेको सन्दर्भमा संग्रहालयहरुमा प्रदेश भित्रका जातजातिको मौलिकता झल्कने सामाग्रीहरु राख्न सके विद्यार्थीहरुलाई मौलिकताको बारेमा जान्ने अवसर पाउने उनको भनाइ रहेको थियो । त्यसैगरी विभिन्न जातजातिको प्रतिनिधित्व गर्दै नेवा खल कास्कीका महासचिव सुविन्द्र श्रेष्ठले प्रदेश संग्रहालयमा अझैपनि गण्डकी प्रदेश भित्र रहेका विभिन्न जातजातिको प्रतिनिधित्व गर्ने गरी कुनैपनि सामाग्री नरहेको वताउदै प्रदेश भित्रका जातजातिको मौलिक पहिचान झल्कने सामाग्री खरिद गर्नक लागि आफुहरुले पहलकदमी थाल्ने वताउनुभयाे ।
प्रदेश संग्रहालयमा सिमित मात्र जातजातिको मौलिकता झल्कने सामाग्रीहरु रहेकाले हिमाल देखी तराइ सम्मका जातजातिको मौलिकता झल्कने सामाग्रीहरु खरिद गरि राख्न सकेमा विद्यार्थी वा कुनैपनि पर्यटकहरुले गण्डकी प्रदेशमा बसोबास गर्ने जातजातिको बारेमा जान्ने मौका पाउने उहाँको भनाइ रहेको थियो ।
सो अवसरमा वोल्दै हिमाली जिल्ला मुस्ताबको उपल्लो भेग लोमन्थाब गाउपालिका २ छोसेरका स्थानिय युवा क्लवका प्रतिनिधी कर्मा नाम्ग्याल गुरुबले प्रदेश संग्रहालयमा रहेको मुस्ताब ग्यालरीमा उपल्लो मुस्ताङको संस्कृती झल्कने गरी कुनैपनि सामाग्रीहरु नरहेकाले उक्त ग्यालरीमा उपल्लो मुस्ताङको संस्कृती र ऐतिहासिक सम्पदाहरु झल्कने गरी सामाग्रीहरु संकलनका लागी आफ्नो तर्फबाट पहलकदमी थाल्ने वताउनुभयाे ।
प्रदेश संग्रहालय पोखराको कार्यलय प्रमुख करुणा राइको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमु धि नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, विद्यालयका प्रतिनिधीहरु मुकेश अधिकारी, कमल प्रसाद लामिछाने, सुरज अधिकारी, दिनेश सेढाइ लगायतले आ आफ्नो धारणा ब्यक्त गर्नुभएकाे थियाे, भने कार्यक्रमको सञ्चालन संग्रहालयका सुचना अधिकारी कविन्द्र पौडेलले गर्नुभएकाे थियाे ।
प्रदेश संग्रहालय तत्कालिन समयमा क्षेत्रिय बिकासको सन्तुलनमा टेवा पुर्याइ पर्यटन उद्योगको संवद्र्धन र बिकास गर्ने हेतुले २०४१ माघ २३ गते क्षेत्रिय संग्रहालय सर्वसाधरणको लागि खुल्लन गरिएको भएतापनि राजनितिक परिवर्तन संगै २०७५ भदौ २४ देखि प्रदेश संग्रहालयको रुपमा रुपान्तरण भइ प्रदेश सरकारको सामाजिक बिकास मन्त्रालय अन्तर्गत सञ्चालन हुदै आएको छ ।