पोखरा, २१ पौष । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३३ औं महाधिबेशन युवा व्यवसायी सुदिप प्रधानाङ्गले कार्यसमिती सदस्यका लागि उम्मेदवारी दिनुभएकाे छ ।
युवा पुस्ताले पनि व्यवसायीको नेतृत्व गरि व्यवसायिक हकहितमा लाग्नुपर्ने अवधारणा लिएर उम्मेदवारी दिएको प्रधानाङ्गले बताउनुभएकाे छ ।
छोटो समयमै व्यावसायिक सफलता हात पार्न सफल प्रधानाङ्गको पोखरा विरौटामा विरौटा हार्डवयर एण्ड सेनेटरी, श्रेयङ्गस सप्लार्यस रहेको छ । पोखरा उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि यहि पौष २४ र २५ गते ३३ औं महाधिबेशन हुँदैछ ।
व्यवसायीहरु फरक फरक २ प्यानलमा बिभाजित भएर आफ्नो पक्षमा मत मागिरहेका छन् । कार्यकारिणी सदस्य पदका लागि प्रधानाङ्गले भने स्वतन्त्र उम्मेदवारी दिनुभएकाे हाे ।
आफु विगत ९ वर्षदेखि व्यावसायमा संलग्न रहेको र व्यावसायीका समस्याबारे जानकार रहेको बताउँदै कुनैपनि पार्टी र संगठन भन्दापनि नितान्त व्यावसायीका हकहित र समस्या सम्बोधनका लागि नै आफुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएको उहाँले बताउनुभयाे ।
उनीसंग सेल्सम्यान, मार्केटिङ्ग लगायतको अनुभव रहेको छ । एकातिर युवाहरु कामको खोजीमा विदेशीने र अर्कातिर नेपालमा दक्ष जनशक्तिको अभाव रहेकाले कामलाई सानो वा ठुलो भन्दापनि सवै काम उत्तिकै महत्वपुर्ण हो भन्ने कुरा युवा पुस्तालाई बुझाउन सके युवाहरु कामको खोजिमा विदेश भौंतारिन नपर्ने र नेपालमै उद्यम गर्न युवाहरु सक्षम हुने उहाँको भनाई छ ।
नयाँपुस्ताका युवा व्यवसायीहरुको प्रतिनिधित्व गर्दै आफ्नो उम्मेदवारी भएकाले मतदाताले मत दिनेमा आफु विश्वस्त रहेको उहाँले सुनाउनुभयाे ।