लेकसाइडमा व्यवस्थित तवरले सिसी टिभी क्यामरा सञ्चालनका लागि सम्भौता – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • लेकसाइडमा व्यवस्थित तवरले सिसी टिभी क्यामरा सञ्चालनका लागि सम्भौता

लेकसाइडमा व्यवस्थित तवरले सिसी टिभी क्यामरा सञ्चालनका लागि सम्भौता

लेकसाइडमा व्यवस्थित तवरले सिसी टिभी क्यामरा सञ्चालनका लागि सम्भौता

पाेखरा, २१ पुस । लेकसाइड क्षेत्रको सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मत सम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिङ्क टेक्नोलोजी विच एक वर्षे सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र स्काई लिङ्कका प्रोपाइटर राजेन्द्र तिवारीले सोमबार एक समारोहका विच हस्ताक्षर गर्नुभएकाे छ ।

सम्झौता अनुसार लिंङ्कले आगामी एक वर्ष सम्म उक्त सिसी टिभी क्यामराको उचित रेखदेख तथा मर्मत सम्भार गर्नेछ ।
‘साना तिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक कृयाकलाप बढ्न सक्ने देखेर यो सम्झौता गरिएको’–परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भन्नुभयाे ।

मर्मत सम्भार गरेवापत लिङकले यो वर्ष ६५ हजार रुपैयाँ लिने छ । ‘विगत तीन वर्षदेखि हामीलेनै यहाँको क्यामरा हेर्दे आएका छौं, हामीसंग अनुभव पनि छ, राम्रो गर्ने हाम्रो प्रयास रहने छ’–लिङकका प्रोपाइटर राजेन्द्र तिवारीले सम्झौता समारोहमा प्रतिवद्धता जाहेर गर्नुभएकाे छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका