ललितपुरमा टोल सुधार समितिको भवन निर्माणका लागि जग्गा दान – Samacharpati Samacharpati ललितपुरमा टोल सुधार समितिको भवन निर्माणका लागि जग्गा दान – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • ललितपुरमा टोल सुधार समितिको भवन निर्माणका लागि जग्गा दान

ललितपुरमा टोल सुधार समितिको भवन निर्माणका लागि जग्गा दान

ललितपुरमा टोल सुधार समितिको भवन निर्माणका लागि जग्गा दान

छायाँ नेपाल, ललितपुर, २१ पुस । ललितपुरको लामाटार क्षेत्रका स्थानीयबासीहरुले टोल सुधार समिति गठन गरेर विकास निर्माण र जनचेतनामुलक कार्यक्रममा जुट्ने प्रतिवद्धता जनाएका छन् भने बिभिन्न सरसफाईका गतिविधी गरेका छन् ।

महालक्ष्मी नगरपालिकाको ९ नम्वर वडाको धोक्रे, भुजुंगे ठूलाघर टोलसुधार समितिले गरेको प्रारंभिक साधारणसभामा बक्ताहरुले व्यवस्थित शहर र टोल बनाउनको लागि प्रदुषण फैलाउने र वातावरणमा हानि गर्ने उद्योग, कल कारखानालाई बस्ति नजिक राख्न नदिने प्रतिवद्धता जनाएका हुन् ।

सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले लामाटार क्षेत्रको वातावरण संरक्षण र सरसफाईको लागि टोल सुधार समितिको कृयासिलता आवस्यक रहेको बताउनुभएकाे थियाे ।

उहाँले स्थानीय धार्मिक तथा संस्कृतिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रचारप्रसारमा जुट्ने प्रतिबद्धता जनाउनुभयो । वडा कार्यालयले आफ्नो टोलको विकासमा ध्यान पुराउन नसकेकोले आफुहरु जागरुक भएको समितिका अध्यक्ष निरञ्जन पौडेलले बताउनुभएकाे थियाे ।

स्थानीय समाजसेवी देवेन्द्र पौडेलले समितिको भवन निर्माण गर्नको लागि स्थानीय सुभद्रा पौडेलले जग्गा दिनु भएकाले तत्काल भवन निर्माणमा जुट्ने बताउनुभएकाे थियाे । नेकपाका नेता मोहन तन्डुकारले वडामा भएका सबै टोल सुधार समितिहरुबीच सहकार्यको आवस्यकता रहेको बताउनुभएकाे थियाे ।

बिद्यापुञ्ज स्कुलका संस्थापक अध्यक्ष शिब न्यौपानेले कोभिड १९ को बिरुद्ध जनचेतना जगाउने काम गरेको बताउनु भएकाे थियाे । आगामि दिनमा आउनसक्ने बिपतहरुका बिरुद्ध तयारि अवस्थामा बस्ने पनि समितिले कार्ययोजना सार्वजनिक गरेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका