पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, 'खाता चल्यो चेक चलेन' – Samacharpati Samacharpati पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, 'खाता चल्यो चेक चलेन' – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, ‘खाता चल्यो चेक चलेन’

पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, ‘खाता चल्यो चेक चलेन’

पोखराका वडाहरुको बजेट बाँडफाँडमा ढिलाई, ‘खाता चल्यो चेक चलेन’

पोखरा, २० पुस । पोखरा महानगरपालिकाले वडाहरुको बजेट बाँडफाँडमा ढिलाई गरेको छ । बजेट बाँडफाँडमा ढिलाई गरेको हुनाले वडाहरुमा अन्योलता सृजना भएको छ ।

पहिले पोखरा महानगरपालिका आफनै काममा अल्झिएर खाता खोल्न ढिलाइ गर्यो भने अहिले खाता त खुल्यो तर चेक नै साटिएके छैन । एक अर्थले भन्दा खाता चल्यो तर चेक चलेन । यही बिषयमा हामीले पोखरा वडा नं १६ का अध्यक्ष जीवन प्रसाद आचार्यलाई वडाले खाता दियो ? भनेर सोध्यौ उहाँ भन्नुहुन्छ “ महानगरमा पत्र आएको छ तर वडामा कुनै पत्र आएको छैन, खाता पनि दिईएको छैन १ बर्षमा ६ महिनासम्म खाता नआउनु लाज मर्दो भएको” उहाँ बताउनुहुन्छ ।

वडा स्तरिय कार्यक्रमहरुमा बजेट नआउनाले अन्योलता छाएको उहाँको भनाई छ । अरु वडाहरुमा के छ त अवस्था बुझ्नलाई हामीले पोखरा २८ का सचिव खुमलाल लामिछानेलाइ सम्पर्क गरेका थियौँ । लामिछानेले खाता भर्खर अएको तर चेक नसाटिएको बताउनुभयो । उहाँले भन्नुभयो – “खाता त भर्खर आएको छ तर चेक भने साटिदैन ।” धेरैजसो वडामा बुझ्दा साह्रै ढिला भएको गुनासो गरेका छन । ६ महिना सँग बजेट नआउनाले बजेट नै फ्रिज हुने सम्भावना बढेको वडाअध्यक्षहरुको भनाई छ । यही बिषयमा पोखरा महानगरपालिकाका अधिकृत किरण कोईरालालाई सोध्दा समस्याको सामाधान भईसकेको बताउनुभएको छ । अहिलेसम्म राष्ट्र बैङ्कको ढिलाईका कारण समस्या भएको उहाँको भनाई छ । कोईराला भन्नुहुन्छ “ महानगरमा एकाउन्टेन ५, ६ जना मात्र रहेका छन् ।

तर वडा ३३ वटा भएकाले सबै वडामा एकैसाथ ब्यवस्थापन गर्न गाह्रो भएको उहाँले बताउनुभएके छ । वडास्तरिय कार्यक्रमको बजेट वडा मार्फत ने खर्च गर्ने प्रावधान महनगरले ल्याएको थियो भनै बजेट जम्मा सबै वडामा गरेर ९० लाखको रहेको उहाँले बताउनुभये ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका