शुभकामना महिला विकास समितिमा सुमिता – Samacharpati Samacharpati शुभकामना महिला विकास समितिमा सुमिता – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • शुभकामना महिला विकास समितिमा सुमिता

शुभकामना महिला विकास समितिमा सुमिता

शुभकामना महिला विकास समितिमा सुमिता

पाेखरा, १९ पुस । शुभकामना महिला विकास केन्द्र पोखराको अध्यक्षमा सुमिता श्रेष्ठ निर्विरोध चयन हुनुभएकाे छ । सो समितिको निर्देशकमा पूर्व अध्यक्ष राधिका थापा, उपाध्यक्ष ज्ञानु श्रेष्ठ, सचिव इन्द्र श्रेष्ठ, सह–सचिव प्रमिला जोशि, कोषाध्यक्षमा लक्ष्मी गुरुङ्ग तथा सदस्यहरुमा बुद्दीसुब्बा गुरुङ्ग, सावित्रि श्रेष्ठ, पुष्पा श्रेष्ठ, सञ्जु पराजुली रहनुभएकाे छ ।

२०६१ मा स्थानीय महिलाहरुद्धारा महिला क्षमता विकास, शिक्षा, स्वास्थ्य सहित सामाजिक कार्यहरुका लागि स्थापना गरिएको संस्थापक अध्यक्ष तथा निर्वाचन संयोजक तिर्थ श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा सल्लाहकार एवं रेडियो सराङ्गकोटका कार्यकारी निर्देशक कृष्ण थापाले महिलाहरुको क्षमता अभिवृद्धि मूलक कार्यमा जोड दिनुपर्ने बताउनुभयाे ।

केन्द्रका अध्यक्ष शिला गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा लायन्स जोन चियर पर्सन तथा पूर्व अध्यक्ष राधिका थापा, पूर्व अध्यक्ष मिथिला मल्ल, दुर्गादेवी लामिछाने, भवानी माकाजु, सिद्धार्थ क्लवका अध्यक्ष पार्वती माकाजु लगायतका वक्ताहरुले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।

ग्यारजाती–पोखरा थापा समाज
सराङ्गकोट ग्यारजातीबाट पोखरामा रहेका थापा क्षत्रीहरुको बृहत भेलाले रामचन्द्र थापाको अध्यक्षतामा पोखरा ग्यारजाती थापा समाज गठन गरेको छ ।

समाजले लामिछाने थापा क्षत्रीहरुलाई सङ्गठित बनाई, सामाजिक कार्य गर्ने उद्देश्य रहेको थापा समाजका सल्लाहकार तथा क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण बहादुर थापाले बताउनुभयाे ।

समाज मार्फत ग्यारजातीको पहिचान कायम गराई सुख दुःखको साथी बनाउन समाजले भूमिका खेल्ने सल्लाहकार भरत बहादुर थापाले बताउनुभयाे ।

सो समितिको उपाध्यक्षमा नारायण बहादुर थापा, सचिव सुरेश थापा, कोषाध्यक्ष सञ्जय थापा, सदस्यहरुमा विनोद थापा, राजु थापा, श्यामकृष्ण थापा रहेका छन् भने सल्लाहकार कृष्ण बहादुर थापा, भरत थापा र रत्नबहादुर थापा रहनुभएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका