फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण – Samacharpati Samacharpati फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण

फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण

फिर्के अतिक्रमणमा नागरिक समाजको ध्यानाकर्षण

पाेखरा, १९ पुस । नागरिक समाज कास्कीले फिर्के अतिक्रमण प्रति पोखरा महानगरपालिका, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएको छ ।

पोखरा–५ फिर्केखोलाको मध्यविन्दुबाट रिटेनिङ्ग पर्खाल लगाई स्थानीय ज्ञान बहादुर कोइरालाले २ रोपनी जग्गा अतिक्रमण गरेकोमा ध्यानाकर्षण सहित सम्बन्धित पक्षलाई कारबाहीको माग गरिएको संयोजक इन्द्र कमल मानन्धरले बताउनुभयाे ।

समाजले सो पर्खाल भत्काउन पटक–पटक माग गर्दा स्थानीय प्रशासनले अटेर गरेकोले पुनः ध्यानाकर्षण गराउन बाध्य भएको संस्थापक संयोजक राम बहादुर पौडेलले बताउनुभयाे ।

सो ध्यानाकर्षण बुझ्दै पोखरा महानगरपालिका वार्ड नं. ५ का अध्यक्ष एवं प्रवक्ता धन बहादुर नेपालले स्थानीय विकास तथा सार्वजनिक जग्गा संरक्षणमा महानगर सचेत रहेको र आवश्यकता अनुसार कारबाही गरिने बताउनुभयाे ।

सो अतिक्रमण जग्गामा लगाईएको पर्खाल भत्काउन गत वर्ष स्थलगत रुपमा निरिक्षण गराईएकोमा हालसम्म अटेर गरी कोईरालाले लगाएका हुन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका