पोउवा संघको महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी ,अज्ञात ब्यक्तिद्वारा सांसदको गाडी फुटाए – Samacharpati Samacharpati पोउवा संघको महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी ,अज्ञात ब्यक्तिद्वारा सांसदको गाडी फुटाए – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • पोउवा संघको महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी ,अज्ञात ब्यक्तिद्वारा सांसदको गाडी फुटाए

पोउवा संघको महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी ,अज्ञात ब्यक्तिद्वारा सांसदको गाडी फुटाए

पोउवा संघको महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी ,अज्ञात ब्यक्तिद्वारा सांसदको गाडी फुटाए

पोखरा,१९ पष । पोखरा उद्योग वाणिज्य संघको ३३ औं महाधिवेशनका लागि २४ पदमा ४० जनाको उम्मेदवारी परेको छ । अध्यक्षका उम्मेदवार नारायण कोइराला र विन्दु कोइराला सुवेदी नेतृत्वको प्यानलसहित ४० जनाको उम्मेदवारी परेको हो ।वरिष्ठ उपाध्यक्षमा पवनकुमार प्रजापतिको मात्र उम्मेदवार परेकोमा पदाधिकारीका हरेक पदमा २–२ जनाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा निर्विरोध भएका प्रजापति नारायण कोइराला प्यानलका हुन् । सोही प्यानलबाट उपाध्यक्ष वाणिज्य मा अर्जुन पोखरेल, उपाध्यक्ष उद्योग मा चिनु गुरुङ, महासचिवमा सुरेन्द्रमान बिजुक्छे, कोषाध्यक्षमा बलराम आचार्य र उपमहासचिवमा केशवबहादुर खत्रीको उम्मेदवारी परेको छ ।यसैगरी, विन्दु कोइराला सुवेदी प्यानलबाट उपाध्यक्ष (वाणिज्य) मा सोवित पौडेल, महासचिवमा धनीराम बराल, उपमहासचिवमा धर्मराज बर्तौलाले मनोनयत्रपत्र दाखिला गरेका छन् । उपाध्यक्ष )उद्योग) मा गोकर्ण कार्कीले उम्मेदवारी दिएका छन् । उनले आफू कुनै प्यानलमा नभएको र स्वतन्त्र रुपमा उठेको बताएका छन् ।निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठका अनुसार साधारण सदस्यतर्फबाट १० कार्यकारिणी सदस्यमा उत्तममान बुद्धाचार्य, उत्तम सेवक कार्की, ऋषिराम शर्मा भण्डारी, कीर्तिबल्लभ त्रिपाठी, कुमारी मुना बास्तोला, दिनेशचन्द्र बास्तोला, देवेन्द्र केसी, पवित्रादेवी गुरुङ, भरत केसी, रामप्रसाद गौतम, रामेश्वर अधिकारी, विनोद केसी, शोभा गौतम, सुदनबहादुर कोइराला, सुदीप प्रधानाङ्ग र हरिराज पन्तले उम्मेदवारी दिएका छन् ।तीमध्ये पवित्रादेवी गुरुङ, विनोद केसी, रामप्रसाद गौतम र उत्तम सेवक कार्की विन्दु कोइराला प्यानलका हुन् भने उत्तममान बुद्धाचार्य र सुदीप प्रधानांगको स्वतन्त्र उम्मेदवारी रहेको बताइएको छ । उता, एसोसिएट सदस्यमा उम्मेदवारी दिएका हर्कबहादुर अधिकारी (मिराज) र हरिहर सापकोटा निर्विरोध भएका छन् । औद्योगिक सदस्यमा हिरामणि पण्डित निर्विरोध बने । उनी विन्दु कोइराला प्यानलका हुन् ।नारायण प्यानलबाट २ वस्तुगतमा ४ सदस्यका लागि उदयबहादुर केसी, उमापति ढकाल, कृष्णप्रसाद तिवारी, बलराम तिमिल्सिना, बालाकृष्ण कोइराला, राजन गंगोली, रामबहादुर केसी र रुपनारायण घिमिरेले उम्मेदवारी दिएका छन् ।संघको २९ सदस्यीय कार्यसमितिमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष (वाणिज्य) उपाध्यक्ष (उद्योग), महासचिव, कोषाध्यक्ष, उपमहासचिव सहित खुलातर्फ १० कार्यकारिणी सदस्य, ४ वस्तुगत, २ कर्पोरेट र १ औद्योगिक सदस्य निर्वाचित हुनेछन् । यस्तै निवर्तमान अध्यक्ष अलावा ४ जना मनोनीत हुने व्यवस्था छ ।

गण्डकी प्रदेश सभामा प्रदेश मामिला समितिका सभापति कृष्ण थापाको गाडीको सिसा अज्ञात समूहले फुटाएको छ । बागलुङबाट निर्वाचित प्रदेश सभा सदस्य थापाले समिति सभापतिको हैसियतमा प्रयोग गर्दै आएको ग१झ ३७१ नम्बरको स्कोरपियो गाडीको पछाडिको सिसा फुटेको हो ।सांसद थापा आफ्नो पार्टी राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रमका लागि अहिले बागलुङको बरेङ गाउँपालिकामा छन् । सोही कार्यक्रमका लागि हिजो उनी बरेङको बाटाचौर पुगेका थिए । हिजो राति नै कसैले उनको गाडीको सिसा फुटाइदिएको थियो ।

मुक्तिनाथ मन्दिर पुस २१ देखि सर्वसाधारणका लागि खुल्ने भएको छ ।मुक्तिनाथ विकास समितिको पहलमा जिल्ला समन्वय समिति, वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सभासद, सुरक्षा निकाय, वारागुङ मुक्तिक्षेत्र—१ अन्र्तगतका रानीपौवा, झारकोट र खिङ्गा गाउँका स्थानीय तथा मन्दिरमा कार्यरत पुजारीको संयुक्त बैठकले मन्दिर मंगलबारदेखि खोल्ने निर्णय गरेको हो ।३ दिनभित्र सबै स्वास्थ्य पूर्वाधार निर्माण गरी मन्दिर खुल्ने निर्णय भएको हो ।मुक्तिनाथ विकास समिति अध्यक्ष हिरादेवी पौडेलको अध्यक्षतामा भएको बैठकले अंग्रेजी नयाँ वर्षको उपलक्ष्यमा पुस २१ गतेदेखि दर्शनका लागि मन्दिर खुल्ला भएको हो ।पौडेलले मंगलबारदेखि मुक्तिनाथ मन्दिरको ढोका खुला गर्ने, मुक्तिक्षेत्रमा कोभिड १९ कारण कोही स्थानीय बिरामी परेमा मुक्तिनाथ विकास समितिको कोषबाट उपचारको व्यवस्था गर्ने, मुक्तिनाथ आउने दर्शनार्थी तथा पर्यटकलाई मन्दिर प्रवेश गर्दा पिसिआर रिपोर्ट अनिवार्य गराउने र मुक्तिनाथ क्षेत्रमा दर्शनार्थी तथा मन्दिरमा कार्यरत आनीझुमा, पुजारी, सुरक्षा निकाय र मन्दिरका कर्मचारीलाई कोभिड १९ को जोखिम कम गर्न आवश्यक स्वास्थ्य सुरक्षा सामग्री तथा जनशक्ति उपलब्ध गराउने बैठकले निर्णय गरेको छ ।

राष्ट्रपतिको कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रतिनिधिसभा विघटनको कारण र निर्णय तथा संघीय संसद् सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावसम्बन्धि कागजात तथा राजनीतिक दलका सांसदहरूको विवरण सर्वोच्च अदालतमा पेश गर्दैछन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले पुस १९ गतेभित्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र संसद् सचिवालयलाई प्रतिनिधिसभा विघटनसँग सम्बन्धित कागजात बुझाउन र कारणबारे प्रष्ट पार्न कारणदेखाउ आदेश जारी गरेको थियो । पुस १० गतेको संवैधानिक इजलासले नेपाल बार एसोसिएसन र सर्वोच्च बार एसोसिएसनसँग एमिकस क्युरीका लागि क्रमशः तीन र दुई जना कानुनविद्को नाम मागेको थियो ।राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयले आइतबार प्रतिनिधिसभा विघटनका कारण तथा त्यससँग सम्बन्धित कागजात बुझाउने तयारी गरेको छ । संघीय संसद् सचिवालयले पनि पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्ताव दर्ताको समयबारे सर्वोच्च अदालतमा कागजात पठाउँदैछ ।सर्वोच्च अदालत स्रोतका अनुसार दिउँसो १२ बजेसम्म कुनै पनि पक्षले कागजात बुझाएको छैन । तर, म्याद माग्न नपाउने आदेश भएकाले आज ४ बजेसम्म सबै पक्षले आफूसँग सम्बन्धित कागजात बुझाउने छन् ।संघीय संसद् सचिवालयका एक अधिकारीले सांसदहरूको विवरण, दर्ता रजिष्टर र अविश्वासको प्रस्तावसँग सम्बन्धित कागजात बुझाउने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । (kantipur)

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका