कर्णबहादुर रोकाया, हुम्ला, १९ पुस । हुम्लाको पूर्वी दक्षिण कुनामा रहेको चंखेली गाउँपालिकाको आव २०७७र०७८को कुल बजेट साढे २८ करोड रहेको छ ।
यसमा सबभन्दा धेरै पूर्वाधार विकासमा रहेको छ भने सबभन्दा कम वातावरण तथा विपद व्यस्थापनमा रहेको छ । गाउँपालिकाको प्रस्तुत गरिएको बजेटलाई पाँच मुख्य शिर्षकमा विनियोजन गरिएको छ ।
जसमा वातावरण तथा विपद व्यवस्थापनमा जम्मा पाँच लाख रहेको छ भने आर्थिक विकासका लागि एक करोड ३७ लाख रकम विनियोजन गरिएको छ ।
संस्थागत विकास, सेवा प्रवाह र सुशासनका लागि ७ करोड ४६ लाख रकम रहेको छ । सामाजिक विकासका लागि ९ करोड
३४ लाख ४९ हजार रकम रहेको छ ।
पूर्वाधार विकासका लागि १० करोड ३९ लाख बजेट विनियोजन गरिएको उक्त गाउँपालिकाका अध्यक्ष धनलाल चौंलागाईले जानकारी दिनुभएकाे छ ।
यसै गरी यो गाउँपालिकाले आव २०७७/०७८का लागि चालुचर्फ १८ करोड ६७ लाख ४५ हजार बजेट छुट्याएको छ भने पूँजीगतर्फ ९ करोड ८४ लाख ४५ हजार रहेको छ । यो गाउँपालिकाको कुल बजेट २८ करोड ५२ लाख ६६ हजार ४ सय रहेको छ ।