आठ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण – Samacharpati Samacharpati आठ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • आठ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

आठ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

आठ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

कर्णबहादुर रोकाया, हुम्ला, १८ पुस । खार्पुनाथ गाउँपालिका वडा नं ५ मा रहेको स्वास्थ्यचौकीका लागि आठ लाखको स्वास्थ्य सामाग्री वितरण गरिएको छ । यसबाट ग्रामीणस्तरको स्वास्थ्यका लागि केही मात्रामा भए पनि सहयोग पुग्ने भएको छ ।

खार्पुनाथ गाउँपालिका वडा नं ५ को खर्पेल गाउँमा रहेको स्वास्थ्य चौकीका लागि गुड नेवर इन्टरनेशलन नामक गैरसहकारी  संस्थाको आर्थिक सहयोग तथा स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको सहजीकरणमा आठ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उक्त संस्थाका जिल्ला संयोजक विरेन्द्र थारुले जानकारी दिनुभएको छ ।

ग्रामीणस्तरको स्वास्थ्य चौकीका लागि चाहिने ४२ प्रकारका औषधी लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ । उक्त ५ वडाका वडा अध्यक्ष भिमराज शाहीको रोहबरमा ८ लाख १५ हजार बराबरको स्वास्थ्यचौकीलाई सामाग्री स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको हो ।

यसबाट गाउँको स्वास्थ्य केन्द्रमा आवश्यक पर्ने अभावलाई कम गर्ने आशा गरिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका