कणर्बहादुर रोकाया, हुम्ला, १८ पुस । सांस्कृतिक र प्राकृतिक रुपले धनी हिमाली जिल्ला हुम्लामा पर्यटनको विकास विस्तारका लागि यो वर्ष घरबास अर्थात् होमस्टेको विकास गर्न ७० लाख बजेट प्राप्त भएको छ ।
सिमकोट गाउँपालिका वडा नं ४ मा पर्ने बुराउँसे गाउँ र वडा नं ७ मा पर्ने डाडाफया गाउँको ओग्यान गाउँमा सामुदायिक होमस्टे कार्यक्रम सञ्चालनका लागि पूर्वाधार विकासका लागि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेश सरकारबाट ७० लाख रकम प्राप्त भएको वन डिभिजन कार्यालय, हुम्लाका कार्यालय प्रमुख निरज झाले जानकारी दिनुभएकाे छ ।
कर्णाली प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको नारा “कर्णाली सम्वृद्धिको आधार, पर्यटनको विकास र पूर्वाधार”लाई अझै विकास र विस्तार गर्न यो कार्यक्रम निरन्तर रुपमा लागु हुनेछ ।
हाल सिमकोट गापा, वडा ४को बुराउँसे गाउँ र वडा नं ७ को ओग्यान गाउँ क्रमश ३० लाख र ४० लाख बजेट खर्च गरिएको छ । यसबाट घरबासका साथै स्थानीय जैविक खाना, स्थानीय संस्कृतिको प्रबद्र्धन र वातावरणीय मनोरता दिने होमस्टे सञ्चालनहरूले बताएका छन् ।