हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाईमा – Samacharpati Samacharpati हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाईमा – Samacharpati
Samacharpati
मङ्लबार, फाल्गुन १८, २०७७
  • होमपेज
  • हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाईमा

हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाईमा

हुम्लाको प्रशिद्ध तिर्थस्थल खार्पुनाथ संरक्षणको पर्खाईमा

कर्णबहादुर रोकाया, हुम्ला, १८ पुस । हुम्लाको एक प्रशिद्ध शिव गुफा खार्पुनाथ वरपर विकासे काम र अन्य व्यक्तिगत प्रयोगका कामहरु बढ्दा अतिक्रमित हुँदै गएको छ । यसबाट यसको महत्व र अस्तित्वमा खतरामा पर्ने चिन्ता बढ्न थालेको छ ।

स्थानीय अगुवाहरुको भनाई र विभिन्न साहित्यिक तथा लोकसाहित्यका कुराहरुलाई केलाउँदा हुम्लाको एक अतिमहत्वपूर्ण शिव गुफा दिनप्रति दिन कुरुप र अतिक्रमित हुँदै गएको छ । यसबाट यसको महिमा, गरिमा र अरुणिमाको लागि चिन्ता बढ्दै गएको खार्पुनाथ गापा वडा नं ४ का पुरोहित जगन्नाथ उपाध्यायको चिन्ता बढ्दै गएको छ ।

उहाँले भन्नुभयो–“यो हाम्रो खार्पुनाथ तिर्थ अति पुरानो हो । यससँग हिमालमा बस्ने देवाधीदेव महादेवसँग जोडिएकाले पनि यसको संरक्षण र प्रचार गर्नु पर्ने आवश्यकता देखिएको छ । यो तिर्थसँग हामीहरुको जन्ममरणको साँइनो गाँसिएको छ ।”

खार्पुनाथमा रहेको यो अनमोल सम्पदाको काखमा एक दर्जन गाउँको मसाघाट हो । यो हिन्दुहरुको एक पबित्र तिर्थस्थल हो । जलउपचार पद्धतिको प्राकृतिक जन्य तातोपानीको कुण्डहरुको स्रोत हो । यहाँ वरपर विभिन्न प्रकारका जीवजन्तुहरुको आकृति कुँदिएका छन् ।

जसलाई मौलिक रुपबाट संकलन र अभिलेखीकरण गरेर प्रकाशनमा ल्याउ सकेमा शैव सम्प्रदायको लागि नयाँ खोज हुन सक्ने खर्पेल गाउँका वयोवृद्ध जीतबहादुर शाहीको अनुभव रहेको छ । कैलास पर्वतबाट शिव मृग भएर यहाँ विचरण गरिरहेको अवस्था पार्वती पनि मृगीनी भएर खार अर्थात् नुनिलो वस्तु खोज्दै आएको ठाउँ हुनाले यसको नाउँ खार्पु रहेको स्थानीय भनाई रहेको छ ।

पछिल्लो समय विकासका लागि सडक र अन्य भौतिक पूर्वाधार तयार गर्दा धार्मिक स्थललाई ध्यान नदिएर जथाभावी खनजोत गर्दा यो गुफा वरपर भूक्षण हुने डर बढ्दै गएको चिन्ता माँजा गाउँका गोकुल शाहीको रहेको छ ।

यहाँ माघे संक्रान्तिका दिनमा ठूलो पर्व लाग्ने गर्दछ । रातभरी खर्पेल गाउँ र याँचु गाउँका स्थानीयहरुले विभिन्न प्रकारका मौलिक तथा प्रथाजन्य लोकसुस्केरा गाएर खार्पुनाथको प्रस्तती गाइने गरिएको खर्पेल गाउँका स्थानीय प्रकाशबहादुर शाहीले बताउनुभएको छ ।

यहाँका स्थानीयहरुले यो तिर्थस्थलको जग्गा अनधिकृत रुपमा हडपेर जग्गा नाँसमाँस गर्न लागेका प्रति स्थानीयहरु
सचेत हुनु आवश्यक रहेको छ ।

देवपुरी हुम्लो भन्ने उखानलाई आधार मानेर यसको खोज, अध्ययन, संरक्षण, सम्बद्र्धन, विकास र प्रचार प्रसार गर्न सकेमा धार्मिक पर्यटनको आधार बन्ने देखिएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका