नवलपरासी, १७ पुस । जिल्ला नवलपरासी(पूर्व) देवचुली नगरपालिकामा ट्याक्टर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक घाइते भएका छन् ।
जिल्ला नवलपरासी(पूर्व) देवचुली नगरपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आईरहेको लु ३ त ७९१५ नं को ट्याक्टरको पछाडी भागमा सोही दिशाबाट आइरहेको लु ५५ प ७३२९नं को मोटरसाईकल ठोकिएकाे हाे ।
घाइते मोटरसाईकल चालक वर्ष १९ को सुभाष पुन मगर लाइ उपचारको लागि भरतपुर अस्पताल पठाईएको छ । घाइते काे अवस्था मध्यम रहेकाे छ । उक्त स्थानमा प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको छ ।