fbpx

पैसा दिएर नागरिकताको फोटोकपी र फोटो संकलन गरेको आरोपमा तीन जना पक्राउ

author

समाचारपाटी

१ महिना अगाडि

विराटनगर । सर्वसाधारणलाई पैसा दिएर नागरिकताको फोटोकपी र फोटो संकलन गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुई जना बंगलादेशी र एक जना नेपाली नागरिक छन् ।

बंगलादेश पल्लाबी ढाकाका ४९ वर्षीय महमद महबुर हुसेन, बंगलादेश सीतागञ्ज घर भई काठमाडौं नयाँ बजारमा बस्दै आएका ३७ वर्षीय महमद तानवीर हुसेन र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ६ घर भइ काठमाडौंको नयाँ बजारमा बस्दै आएकी २३ वर्षीया सुनिता खत्रीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रवक्ता रञ्जनकुमार दाहालले बताउनुभयाे । अर्का एक जना फरार छन् ।

उहाँका अनुसार खत्रीलाई मंगलबार सुन्दरहरैँचा–८ बाट पक्राउ परेका थिए । त्यहाँबाट फरार बनेका ३ जना बंगलादेशी नागरिकमध्ये २ जनालाई भने प्रहरीले सुन्दरहरैँचा ४ बलियाबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार तानवीरसँग नेपाली नागरिकता र राहदानी छ । काठमाडौंमा बसेर गार्मेन्टको काम गर्ने बताउँदै आएका उनीसँग रौतहट जिल्लाबाट जारी भएको तानवीर मिया दर्जीको नाममा नेपाली नागरिकता छ ।

‘उसको बंगलादेशी डकुमेन्टमा महमद तानवीर हुसेन देखिन्छ तर तानवीर मिया दर्जी नामको नेपाली नागरिकता र राहधानी पनि लिएको देखिन्छ,’ प्रहरी स्रोतले भन्यो,’ नेपाली नागरिकता कसरी बनाए भन्ने अनुसन्धान गर्दैछौं ।’

पक्राउ परेकाहरुले मोरङको सुन्दरहरैँचा नगरपालिका–८ सलकपुरमा उनीहरुले एक हजार र एक हजार पाँच सय रुपैयाँ दिदै नागरिकताको फोटोकपी र फोटो संकलन गरिरहेका थिए । पक्राउ परेकाहरुले सलकपुरका ३० जनाभन्दा बढी व्यक्तिको नागरिकताको फोटोकपी र फोटो संकलन गरेको प्रहरीले बताएको छ ।

परोपकारी संस्था डब्लु बी एस सी कम्पनीबाट गरिबलाई सहयोग गर्न आएको भन्दै पैसा वितरण गर्दा उनीहरुले नागरिकताको फोटोकपी र एउटा फोटो मागेका थिए । एक जनालाई १ हजारदेखि १ हजार ५ रूपैयाँसम्म उपलब्ध गराइएको देखिएको प्रहरीको भनाइ छ ।

यसरी संकलन भएको फोटोकपी र फोटो प्रयोग गरेर डिजिटल वालेट खोलेर ठगी गर्नेगरेको देखिएको प्रहरीले बताएको छ ।

‘उनीहरुको एक मात्र उदेश्य डिजिटल वालेटमा खाता खोलेर ठगी गर्ने देखिन्छ,’ प्रहरी प्रवक्ता दाहालले भन्नुभयाे,‘ वालेट खोलेर ठगी गर्ने कुरा स्वीकार पनि गरिसकेका छन् ।’ अन्य क्षेत्रमा पनि ठगी गरेको जस्तो देखिएको बताउँदै उहाँले अनुसन्धान भइरहेको बताउनुभयाे ।

विना मेहनत पैसा पाएपछि सर्वसाधारणले पनि सहज हिसाबले आफ्नो फोटो र नागरिकताको प्रतिलिपी उपलब्ध गराएका थिए ।प्रहरीले पक्राउ परेकाको साथबाट एनसेलका १५ वटा सिमकार्ड, सुनीता खत्री र तानवीर मिया दर्जीको नाममा रहेका २ वटा राहदानी, तानवीर मिया दर्जी नामको नेपाली नागरिकताको प्रमाणपत्र, नेपाली ५ हजार १ सय ५० रूपैयाँ, २ वटा एटीएम कार्ड र विभिन्न कम्पनीका ४ वटा मोबाइल बरामद गरेको छ ।

तानवीरको नागरिकताको विषयमा अनुसन्धान भइरहेको उहाँले बताउनुभयाे । पक्राउ परेका तीनै जनाविरुद्ध प्रहरीले ठगी उद्योग अन्तर्गतको मुद्दा चलाएको छ ।

onlinekhabar


काठमाडौं

बिहिबार, बैशाख १३, २०८१

२१.१५°

विचार/विविधा

थप देखाउनुहोस्
विचार

खुट्टाको ३ औलाको सहयोगले लेख्ने प्रतिभावान् साहित्यकार झमक कुमारी घिमिरे 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको ,देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन्।...

विचार

नेपालमा चुराको अन्तरकथा

नेपाली दिदीबहिनीहरूले लगाउने चुरा, पोते अनि मेहेन्दी स्वदेशी मूलको त होइन नै, यी हाम्रो देशमा उत्पादन पनि हुँदैनन् । यी...

विचार

आमाका अन्तर मनका कठोर प्रश्नहरु

हिजोका दिनमा बच्चाहरुले सिक्ने क्रममा गरेका कयौं गल्तीहरुलाई क्षमादिदै उसलाई अगाडि बढ्नको लागि प्रोत्साहन दिने आमा बाबालाई आज बच्चाहरुले किन...

विज्ञापन

कुनै विज्ञापन छैन

चर्चामा भएको ट्रेन्डिङ

थप देखाउनुहोस्

राजनीतिक समाचार

थप देखाउनुहोस्

कोशी प्रदेशको सभामुखमा राप्रपाका अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

बालकुमारीमा मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरियो

मेयर साम्पाङले कार्यकक्षमा राखे किराती राजा यलम्बरको फोटो

हामीले नेगेटिभ कुरा बढी गर्ने बानी बस्न थाल्यो :...

मनोरञ्जन समाचार

थप देखाउनुहोस्

गीतकार प्रमिला बस्नेतको ‘सधैं देख्ने सपनाको’ गीत सार्वजनिक

अरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरु छैनन्, अर्को...

चलचित्र मनसराको ट्रेलर सार्वजनिक

चलचित्र ‘सारंग’ निर्माण हुने

आजको राशिफल

थप देखाउनुहोस्

मेष

वृष

मिथुन

कर्क

सिंह

कन्या

तुला

वृश्चिक

धनु

मकर

कुंभ

मीन