लाइसेन्स कार्यालय पोखरामा अत्यावश्यक बाहेकका सेवा बन्द – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • लाइसेन्स कार्यालय पोखरामा अत्यावश्यक बाहेकका सेवा बन्द

लाइसेन्स कार्यालय पोखरामा अत्यावश्यक बाहेकका सेवा बन्द

लाइसेन्स कार्यालय पोखरामा अत्यावश्यक बाहेकका सेवा बन्द

पोखरा, १७ पुस । पोखरामा रहेको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतीपत्र (लाइसेन्स) शाखाको अत्यावश्यक बाहेकका सेवा बन्द भएका छन् ।

कार्यलयका निमित्त प्रमुख भरतराज काफ्लेले एक सुचना जारी गरि कार्यालयबाट पुस १७ गतेबाट १९ गतेसम्म सेवा बन्द हुन लागेको जानकारी दिनुभयो । सुचनामा भनिएको छ – “यस कार्यालयबाट प्रवाह हुने सेवा पुस १९ गते देखि पृथ्वीचोक स्थित आफ्नै कार्यालय भवनबाट संचालन गरिने हुदा कार्यालयका सरसामानहरु सार्ने प्रयोनार्था पस १७ गते शुक्रबार र पुस १९ गते आइतबार अत्यावश्यक –९० दिन म्याद पुग्न लागेका लाइसेन्स नविकरण र बायोमेट्रीक दर्ता) बाहेकका अन्य सेवाहरु बन्द गरिइको ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

काफ्लेका अनुसार सोमबारबाट कार्यालयले आफ्नै भवन पृथ्वीचोकबाट सेवा प्रवाह गर्ने छ ।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका