रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचाँस लाख रकम – Samacharpati Samacharpati रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचाँस लाख रकम – Samacharpati
Samacharpati
शुक्रबार, फाल्गुन २१, २०७७
  • होमपेज
  • रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचाँस लाख रकम

रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचाँस लाख रकम

रैथाने बाली प्रबद्र्धनका लागि हुम्लामा पचाँस लाख रकम

कर्णबहादुर रोकाया, हुम्ला, १७ पुस । हिमाली जिल्ला हुम्लामा हुने र भएका स्थानीय रैथाने बालीको प्रबद्र्धनका लागि कृषि विकास कार्यालय हुम्लामा पचास लाख बजेट खर्च हुने भएको छ । यसबाट केही मात्रामा भए पनि रैथाने बालीको विकास र
जानकारीका लागि सहयोग पुग्ने देखिएको छ ।

प्रत्येक वर्ष कृषिको समष्टिगत विकास र विस्तारका लागि करोडौं रकम खर्च हुने भए पनि यसको अनुपातमा स्थानीय रैथाने बालीको विकास र विस्तारका लागि एकदमै कम रकम आउने कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखतबहादुर खड्काले जानकारी भएको छ ।

उहाँले भन्नुभयो–यो वर्ष ५० लाख बजेट आएको छ । यसलाई नतिजामुखी बनाउनका लागि ठोस काम गरिने छ । सरकारी र गैरसरकारीस्तरबाट कृषि क्षेत्रको विकास र विस्तारका लागि दशकौंदेखि लगानी भए पनि हालसम्म स्थानीय रैथाने बालीको जानकारी र यससम्बन्धी गर्नुपर्ने सन्तोषजनक काम हुन नसेको सर्केगाड गाउँपालिका वडा नं १ का वडा अध्यक्ष गोकुल बुढा बताउनुभयो ।

हुम्लामा विभिन्न प्रकारका स्थानीय रैथाने बालीहरु फापर, चिनु, कागुनो, जौ, गहुँ, उवा, नाफल, मार्से, माँस, गहत, कला, चोती, कोइरा, तिल्खुरो, भट्ट, सिमी जस्ता दर्जर्नौ रहेका छन् । यी रैथाने बालीको जानकारी, उपयोगीता र प्रयोग गरिने रैथाने ज्ञान पनि हालसम्म के कस्तो कुन कहाँ र कहिले भयो भन्ने कुराहरुको संकलन हुन सकेको छैन । समय क्रमसँगै यी ज्ञानहरु पनि लोप हुँदै गएको छ ।

यो आ व मा सकभर रैथाने बालीका लागि आएको बजेट नतिजामुखी बनाउने प्रयास भइरहेको कृषि विकास कार्यालय हुम्लाका सूचना अधिकारी धमेन्द्र अधिकारीले जानकारी दिनुभएको छ । हुम्लामा यो वर्ष रैथाने बालीका आएको पचास लाख बजेट पुरानै ढर्राले खर्च नहोस् भन्ने स्थानीय किसानहरुको आशा र अपेक्षा सहयोग रहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका