अस्ट्रेलियामा ‘जात्रै जात्रा’, चर्चामा वर्षाको पहिरन (४ तस्बिर) | Samacharpati        
Home | About Us | Contact | Unicode |

अस्ट्रेलियामा ‘जात्रै जात्रा’, चर्चामा वर्षाको पहिरन (४ तस्बिर)

काठमाडौं । जेठ ३ गतेबाट सिनेमाहलमा प्रदर्शन भएको चलचित्र ‘जात्रै जात्रा’ अहिले अष्ट्रेलियाका विभिन्न सहरहरुमा पनि प्रदर्शन भइरहेको छ ।

अस्ट्रेलियाका ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीको बसोबास रहेका शहरहरुमा चलचित्र प्रदर्शनक भइरहेको छ । चलचित्र प्रदर्शनकै लागि भनी निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्माता, रविन्द्रसिंह बानियाँ, नायक विपिन कार्की र नायिका वर्षा राउत अहिले अष्ट्रेलियामा छन् ।

चलचित्र प्रदर्शनको लागि अस्ट्रेलिया पुगेका उनीहरु शो मा सबैजना सजिएरै पुगेका थिए । तर सबैको ध्यान तान्न सफल भइन् नायिका वर्षा राउत । चलचित्रको शो उनले लगाएको पहिरनको चर्चा अहिले भइरहेको छ । सामाजिक सञ्जालमा उनले लगाएको पहिरनको विषयमा ट्रोलहरु बनिरहेका छन् ।

शो मा वर्षाले सेतो कपडामा कालो–कालो टीका भएको गाउन लगाएकी थिइन् । उनले लगाएको गाउनको अगाडीको भाग अलि बढी खुलेको थियो ।

‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित