नवलपरासी, १६ पुस । नवलपरासी (पूर्व) बिनयी त्रिबेणी गाउँपालिका २ दाउन्ने स्थित पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको लु १ख ९९१७ नम्बरको बस लाई चेकजाच गर्दा बसको डिक्कि भित्र लुकाई छिपाई ल्याएको लागूऔषध सहित खनाललाई प्रहरीले प्रक्राउ गरेकाे छ ।
पूर्व पश्चिम राजमार्गमा चेकिङमा खटिएको प्रहरी टोलीले उक्त बसलाइ चेकजाच गर्ने क्रममा PHENSEDYL NEW(फेन्सिडिल न्यू) नामक लागूऔषध 100MLको ५०१ पिस(बोतल) सहित जिल्ला चितवन भरतपुर महानगरपालिका गोन्द्राङ बस्ने वर्ष ४० को प्रसान्त खनाललाई प्रहरीले पक्राउ गरेकाे हाे । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।