हिन्दु धर्म सम्बन्धी मेरो बुझाई र आधुनिक समाजमा कसरी अपनाउने ? – Samacharpati
Samacharpati
बिहिबार, माघ ८, २०७७
  • होमपेज
  • हिन्दु धर्म सम्बन्धी मेरो बुझाई र आधुनिक समाजमा कसरी अपनाउने ?

हिन्दु धर्म सम्बन्धी मेरो बुझाई र आधुनिक समाजमा कसरी अपनाउने ?

हिन्दु धर्म सम्बन्धी मेरो बुझाई र आधुनिक समाजमा कसरी अपनाउने ?

रामचन्द्र अधिकारी(समाचारपाटी.कम )
सनातनी हिन्दुधर्म बैदिक सनातनको बुझाई आ-आफ्नै छ । हिन्दू धर्मको विशेषता यस भित्रका विभिन्न आस्था र विश्वासका स्रोत हुन् । ९० हजार वर्षभन्दा पहिला यो धर्मको प्रारम्भ भएको थियो । रामायण, महाभारत र पुराणहरूमा सूर्यवंशी र चन्द्रवंशी राजाहरूको वंश परम्पराको उल्लेख उपलब्ध छ । यसका अतिरिक्त अनेक वंशहरूको उत्पति र परम्पराको वर्णनमा पनि हिन्दु धर्मको उतपत्तिका विषयमा कुराहरु आएका छन् । आर्यहरूको सभ्यतालाई वैदिक सभ्यता मानिन्छ । पहिलो दृष्टिकोण अनुसार लगभग १७०० ईसा पूर्वमा आर्य अफगानिस्तान, कश्मीर, पञ्जाब र हरियाणामा बसोबास गर्ने गर्थे । त्यस बेला देखि नै उनीहरूका विद्वान् ऋषिहरु आफ्ना देवताहरूलाई प्रसन्न गर्नलाई वैदिक संस्कृतमा मन्त्र रचना गर्न थाले । पहिला चार वेद रचियो, जसमा ऋग्वेद प्रथम थियो । त्यस पछि यजुर्वेद, सामवेद, अथर्ववेद उपनिषद जस्ता ग्रन्थहरू आए । हिन्दु धर्मको उत्पत्ति वैदिक संस्कृतिबाट इशापूर्व २००० वर्षभन्दा पहिला भएको मान्यता छ । सङ्ख्याको हिसाबले यो विश्वको तेस्रो ठूलो धर्म हो । हिन्दू शास्त्रहरूलाई दुई भागमा बाँडिएको छ श्रुति र स्मृति, श्रुति भन्नाले वेद बुझिन्छ जुन हिन्दूहरूको धर्मग्रन्थ हो अथवा हिन्दूहरूको संविधान हो । स्मृति अन्तर्गत इतिहास, पुराण, रामायण, महाभारत तथा विभिन्न स्मृतिहरू पर्दछन् ।

हिन्दु धर्मको ईतिहासलाई बुझदा फरक फरक बिचारहरु आउन सक्छन सायद हामी सँग यति धेरै सामार्थ पनि छैन होला तर यो अशान्त वातारण कलियुगको हलचलमा यसको महत्व बुझनु र बैज्ञानिकता को बिकास सँगै आधुनिक तरिकाले धर्मलाई अँगाल्नु आजको आवश्यकता हो । हिन्दु धर्मको महत्व के छ आधुनिक युगमा यसलाई कसरी अपनाउने यो बिषयमा मैले जानेको कुरा केर्दै छु । यसको बारेमा बुझदा योगा, प्रणायाम, ज्योतिषशास्त्र, अंकशास्त्र, हस्तरेखा विज्ञान तथा वास्तुशास्त्र जस्ता विज्ञान तथा शास्त्रहरु हिन्दू संस्कृति तथा जीवनपद्धतिबाट उत्पति भएका हुन् । नेपालको उत्पति हिन्दू ऋषि ने मुनीले गरेका हुन् भन्ने मिथ्य रहेको छ । यो धर्मले कहिल्यै पनि मानव मानव बिच भेदभाव गर्दैन । यसो भनिरहदा मलाइ केही आरोप पनि लाग्ला कुनैपनि धर्मले मानव मानव बिच भेदभाव गर्दैनन । महिला पुरुषलाई बरावर ठानेको हुन्छ । महिलालाई पनि भगवतीको रुपमा पूजा गर्ने चलन हुन्छ, जुन यस धर्मको मुख्य विशेषता पनि हो । हिन्दू धर्मको चार मुख्य उद्देश्यहरु धर्म, अर्थ, कर्म तथा मोक्ष हुन् । १०८ लाई हिन्दू धर्ममा पवित्र अंक मानिन्छ ।

यही अंक बौद्ध, शिख तथा जैन धर्ममा पनि पवित्र मानिन्छ । परिवारको वसाईको आकलन गर्दा एउटा पूजाकोठा, दैनिक चढाईएका फूलहरु , प्रसादी राख्ने सानो कचौरा, पञ्चपात्रो, चन्दन घोट्ने चनौटो अनि अचामनी अर्थात जल अचाएर शिरमा राख्ने सानो धातुको चम्चाजस्तो पूजासाम्रगी आदिहरु याद आँउदछन् । यीनको पनि आफनै महत्व छ । शखं एउटा सामुन्द्रीक जिव हो, जस्को वाहिरको खोस्टोलाई मुखवाट हावा हालेर वजाईन्छ । शखंको ध्वनी वास्तवमै कर्णप्रिय र शुभ रहने भनाई र वैज्ञानिक विष्लेषणहरु छन् । शखं वजाउनाले वजाउने मान्छेको पनि श्वासप्रश्वास राम्रो हुने विश्वाश छ । हिन्दु धर्ममा कुनै पनि शुभ कार्य शुरु गर्नभन्दा पहिला स्वस्तिक चिन्ह बनाएर त्यसको पूजा गर्छन् । यसो गर्दा सोचेका कामहरु सफल हुने विश्वास गरिन्छ ।

स्वस्तिक चिन्हलाई मंगलको प्रतिक मानिन्छ । साथै स्वस्तिक चिन्हलाई ‘सु’ र ‘अस्ति’को योग मान्ने गरिन्छ । अर्थात् शुभ होस् भन्ने अर्थ हुन्छ ।हिन्दु धर्ममा कुनैपनि शुभ कार्य गर्दा स्वस्तिक बनाएर त्यसमा पूजा गर्ने चलन छ । स्वस्तिकमा चार प्रकारका रेखाहरु हुन्छन् तर सबै रेखाहरु बराबरी आकारका हुन्छन् ।पौराणिक मान्यताका अनुसार यी रेखाहरुले चार दिशा पूर्व,पश्चिम,उत्तर र दक्षिणको इसारा गर्छ । तर हिन्दु मान्यताका अनुसार यी रेखाहरु चार वेद ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदको प्रतिक मान्ने गरिन्छ । यो देखिने ब्रह्माण्ड फैलिने र खुम्चिने गर्दछ लाखौँ सूर्य, तारा र पृथ्वीको जन्म भएको छ र तिनको अंतपनि हुनेछ जो जन्मिन्छ, त्यो मर्दछ , सबैकुरो ब्रह्मबाटै जन्म्यो त्यसैमा लीन हुनेछ यसरी हिन्दु धर्मले ब्रम्हाण्डको ब्याख्या गरेको छ । सनातन संस्कृतिको कारण यस पवित्र भूमिमा दीव्य क्षेत्र भएर चिह्निंदा नेपालको पर्यावरण कठिन तप, ज्ञान, योग, ध्यान, सत्संग, यज्ञ, भजन, कीर्तन, देवालय र विश्वलाई मंगल गर्ने मानवीय कर्महरुको कारण विख्यात भएको थियो । यसैका कारण समग्र भूमण्डल नेपाल पट्टि आकर्षित हुन पुगेको थियो नेपाली संस्कृतिको ऊर्जा हाम्रो पूर्वजहरुको चिन्तन परम्पराको समष्टि स्वरुप हो ्हाम्रो भूगोल, इतिहाँस र विगतको राज्य व्यवस्थाले आजको अवस्थासम्म डोर्याएको हो ।

आजको समयमा हिन्दु धर्मको महत्व यसलाई अपनाउने कसरी यो जान्नुपर्ने अवस्था आएको छ । पैसाको लोभमा परेर होस्, बच्चा पढाइदिने भनेर होस् वा रोग निको हुन्छ भनेर होस् नेपालमा केही समय यता धर्म परिवर्तन गर्नेक्रम दिनप्रति दिन बढ्दै गइरहेको छ । राजनितिक अस्थिरतालाइृ कहिले कहिले धर्मसँग जोडेको पनि मैले पाएको छु । अझ मान्छेलाई पट्याउन हिन्दु धर्म र हाम्रो धर्म एउटै हो भनेर भ्रम सिर्जजा गरेको पनि देखेको छु मैले अरु धर्म मान्दै नमान भनेको हेन यो नबुझनुहोला तर गलत प्रचारको बिरोध गर्नुपर्छ । यो धर्ममा जान्छु त्यो धर्ममा जान्छु भन्नुभन्दा पहिले आफनो धर्म बुझनु जरुरी छ यदी हिन्दु धर्ममा आस्थावान हुनुहुन्छ भने पहिले आफनो धर्मको मुख्य कुरा बुझौ । योगा के हो ? त्यसलाई बुझौ बैज्ञानिक जीवनमा आयु दिने वेद आर्युवेदको महत्व बुझौ । आफुले आफुलाई दिनको एकचोटी बुझन खोजौ , बिष्णुका अवतार भनेर चिनिने दुबो बर पिपल यि जतिपनि छन त्यसको महत्व र हाम्रो स्वास्थ्य सँग के सम्बन्ध छ त्यो बुझौँ । धर्मले जातजातीमा फाटो कहिल्यै ल्याउदैन त्यसकारण हिन्दुले जातजाती भन्छ भन्ने पनि सुनेको छु त्यो नबुझौ यो मानिसले पछि बनाएको हो सकिन्छ भने गीता, वेद पढ्न खोजौ र सँधै खुसी होऔ जय राष्ट्र जय सनातन ।।।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका